हलगोरु पाल्ने दुर्गमका किसानलाई नगद प्रोत्साहन

हिमाल प्रेस ८ पुष २०८२ १६:१० | Tuesday, December 23, 2025
22
SHARES
हलगोरु पाल्ने दुर्गमका किसानलाई नगद प्रोत्साहन

बैतडी- हलगोरु पाल्ने दुर्गमका किसानले पोत्साहन स्वरुप रकम पाउने भएका छन्। पञ्चेश्वर, शिवनाथ, सिगास र डिलाशैनीका हलगोरु पाल्ने किसानलाई रु पाँच हजार दिइने भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका निमित्त कार्यालय प्रमुख गुमानीदत्त पन्तले बताए।

प्रदेश सरकारको हलगोरु पालन गर्ने किसानलाई प्रोत्साहन कार्यक्रमअन्तर्गत रु १० लाख बजेट रहेकाले चार स्थानीय तहका दुर्गम वडामा बस्ने नियमित हलगोरु पाल्ने किसानलाई रु पाँच हजार पोत्साहन स्वरुप दिन लागिएको हो।

एकै कृषकले परम्परागत रूपमा हलगोरु पालेको भए गाउँपालिका पशु विकास शाखामा निवेदन दिनुपर्नेछ। पन्तका अनुसार एक गाउँपालिकाबाट ५० जना हलगोरु पालन गर्ने कृषक गाउँपालिकाले छनोट गरिनेछ। निवेदन दिने म्याद यही पुस २७ गतेसम्म रहेको छ।

गाउँपालिकाभित्र दुर्गम वडाका न्यून आय भएकालाई प्राथमिकता दिइने सूचनामा उल्लेख छ। गाउँपालिकाहरूसँग समन्वय गरेर कार्यक्रम गर्न लागिएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले जनाएको छ।

प्रकाशित: ८ पुष २०८२ १६:१० | Tuesday, December 23, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 + 19 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast