चीन सरकारको छात्रवृत्तिमा बीएस्सी फरेस्ट्रीका लागि आवेदन खुला

हिमाल प्रेस १३ पुष २०८२ ११:०० | Sunday, December 28, 2025
26
SHARES
चीन सरकारको छात्रवृत्तिमा बीएस्सी फरेस्ट्रीका लागि आवेदन खुला

काठमाडौँ- चीन सरकारबाट शैक्षिक वर्ष सन् २०२६/२७ का लागि नेपाल सरकारलाई प्राप्त छात्रवृत्तिअन्तर्गत स्नातक तहमा अध्ययन गर्न इच्छुक विद्यार्थीका लागि आवेदन खुला गरिएको छ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गतको छात्रवृत्ति शाखा (सानोठिमी, भक्तपुर) ले प्रकाशित गरेको सूचनाअनुसार बीएस्सी फरेस्ट्री विषयमा १ सिटका लागि आवेदन माग गरिएको हो।

मन्त्रालयको शुक्रबारको निर्णय अनुसार उक्त छात्रवृत्तिका लागि दरखास्त आह्वान गरिएको जनाइएको छ। आवेदकले सम्बन्धित विषयमा कक्षा १२ वा सोसरह उत्तीर्ण गरेको हुनुपर्नेछ।

साथै बीएस्सी फरेस्ट्री वा सोसरह विषयमा त्रिभुवन विश्वविद्यालयको प्रवेश परीक्षा छात्रवृत्तिसम्बन्धी नियमावली २०६० को नियम १४ को उपनियम २ बमोजिम उत्तीर्ण गरेको हुनुपर्नेछ। छनोट प्रक्रिया प्रवेश परीक्षाको योग्यताक्रमका आधारमा गरिनेछ।

उमेरको हकमा निवेदन दिने अन्तिम मितिसम्म २५ वर्ष पूरा नभएको हुनुपर्ने सर्त राखिएको छ। इच्छुक उम्मेदवारले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको छात्रवृत्ति शाखा, सानोठिमी भक्तपुरमा दरखास्त बुझाउन सक्नेछन्। दरखास्त बुझाउने अन्तिम पुस १८ गते कार्यालय समयभित्र तोकिएको छ।

प्रकाशित: १३ पुष २०८२ ११:०० | Sunday, December 28, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast