एपेक्स कलेजको दीक्षान्त समारोह सम्पन्न

हिमाल प्रेस ३ पुष २०८२ १९:२६ | Thursday, December 18, 2025
2
SHARE
एपेक्स कलेजको दीक्षान्त समारोह सम्पन्न

काठमाडौँ- एपेक्स कलेजले आफ्नो वार्षिक दीक्षान्त समारोह २०२५ बिहीबार सम्पन्न गरेको छ। विभिन्न शैक्षिक कार्यक्रमअन्तर्गत स्नातक तहको अध्ययन पूरा गरेका विद्यार्थीहरूलाई यस अवसरमा दीक्षित गरिएको हो।

समारोहमा बीबीए, बीबीए–बीआई, बीबीए–टीटी र बीसीआईएस कार्यक्रमका विद्यार्थीहरू सहभागी थिए।

यस वर्षको ‘इनोभेट नेपाल ग्रुप पोस्टग्राजुएट छात्रवृत्ति’ बीबीए (बैैंकिङ तथा बिमा) की उत्कृष्ट विद्यार्थी स्वेता शाहलाई प्रदान गरिएको कलेजले जनाएको छ। यो छात्रवृत्तिअन्तर्गत शाहले एपेक्स कलेजमै एमबीए अध्ययन गर्ने अवसर पाउनेछिन्।

त्यस्तै विभिन्न संकायमा उत्कृष्ट अंक हासिल गर्ने ‘टपर’ विद्यार्थीहरूलाई पनि समारोहमा विशेष सम्मान गरिएको कलेजले जनाएको छ। यसरी सम्मान पाउनेमा बीबीएकी इशाकुमारी दास, बीबीए–टीटीका मिचेन तामाङ, बीबीए–बीआईका सुमित मानन्धर, बीसीआईएसकी श्रुति अग्रवाल रहेका छन्।

छात्रवृत्ति प्राप्त गर्ने विद्यार्थीले इनोभेट नेपाल ग्रुपअन्तर्गतका संस्थाहरूमा काम गर्ने अवसरसमेत पाउनेछन्।

प्रकाशित: ३ पुष २०८२ १९:२६ | Thursday, December 18, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast