सिटिजन्स क्यापिटल र पशुपति भेन्चरबीच सम्झौता

हिमाल प्रेस ३ पुष २०८२ १८:५५ | Thursday, December 18, 2025
2
SHARE
सिटिजन्स क्यापिटल र पशुपति भेन्चरबीच सम्झौता

काठमाडौँ- सिटिजन्स क्यापिटल लिमिटेड र पशुपति भेन्चर लिमिटेडबीच साधारण सेयर निष्कासन तथा बिक्री प्रबन्धक नियुक्तिसम्बन्धी सम्झौता भएको छ।

बिहीबार काठठमाडौँमा आयोजित एक कार्यक्रमका बीच यो सम्झौता भएको हो।

सम्झौतामा पशुपति भेन्चर लिमिटेडका तर्फबाट सञ्चालक दिनेशप्रसाद श्रेष्ठ तथा सिटिजन्स क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठले हस्ताक्षर गरे।

सम्झौताअनुसार सिटिजन्स क्यापिटल लिमिटेडले पशुपति भेन्छर लिमिटेडको सार्वजनिक निष्कासनका लागिन नेपाल धितोपत्र बोर्डको स्वीकृतिपश्चात बिक्री प्रबन्धकको कार्य गर्नेछ।

इन्भेस्टमेन्ट कम्पनी पशुपति भेन्चर लिमिटेडले विगत १५ वर्षदेखि विभिन्न हाइड्रोपावर कम्पनीहरूमा लगानी गर्दै आइरहेको छ।

यो कम्पनीको लगानी रहेको खानी खोला हाइड्रोपावर कम्पनी लिमिटेड तथा माया खोला हाइड्रोपावर कम्पनी लिमिटेडलगायतका जलविद्युत कम्पनीहरूले आयोजना सम्पन्न गरी विद्युत उत्पादन गर्दै आइरहेको छ।

प्रकाशित: ३ पुष २०८२ १८:५५ | Thursday, December 18, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six − 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast