किताब जात्रामा कविताका साथ गुन्जिए अभिनेता नाजिर हुसेन

हिमाल प्रेस २५ मंसिर २०८२ १३:२५ | Thursday, December 11, 2025
24
SHARES
किताब जात्रामा कविताका साथ गुन्जिए अभिनेता नाजिर हुसेन

काठमाडौँ- अभिनेता नाजिर हुसेन बहु प्रतिभाशाली व्यक्ति हुन्। उनमा अभिनयसँगै मिठो वाचन कला छ। किताब यात्रा फाउण्डेसनले नेपाल पुलिस क्लबमा आयोजना गरेको किताब जात्रा कार्यक्रममा बिहीबार (आज) नाजिरले कविता वाचन गर्दै सबैलाई मन्त्रमुग्ध तुल्याएका छन्।

उनले कवितामार्फत आमा र बुबाको सपनाको संगालो प्रस्तुत गरेका थिए।

हाम्रो घरमा
आमाजीको पुरानो थैली छ
पुरानो छ तर छ
फोटो एल्बममा
बुबाको काटेको
स्याम स्वयत थैली छ भन्दै उनी कवितामा पोखिएका थिए।

उनको मिठो कविता वाचन शैली र पाश्र्वमा गुञ्जिरहेको बाँसुरी तथा मादलको सुरिलो धुनले दर्शकमा मौनता छोएको थियो। सबैले गडगडाहट ताली बजाइरहेका थिए।

उनले आफ्नो सानो हत्केलामा बाआमाका औंला समात्दै तातेताते गर्दै हिँडेको अनुभूति मात्र व्यक्त गरेनन्। आमाको न्यानो काख र कोखको चर्चा गरे।

प्रकाशित: २५ मंसिर २०८२ १३:२५ | Thursday, December 11, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven + 14 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast