९२१ किलो ६६ ग्राम गाँजा बरामद

हिमाल प्रेस २५ मंसिर २०८२ १६:२६
20
SHARES
९२१ किलो ६६ ग्राम गाँजा बरामद फाइल तस्बिर

विराटनगर- मोरङ प्रहरीले रङ्गेली नगरपालिका-८ स्थितबाट बेवारिसे अवस्थाामा ठूलो परिमाणमा गएराति लागुऔषध गाँजा बरामद गरेको छ।

इलाका प्रहरी कार्यालय रङ्गेलीबाट खटिएका प्रहरी टोली ९२१ किलो ६६ ग्राम २९ वटा बोरामा लुकाइछिपाइ राखेको अवस्थामा बरामद गरेको प्रहरी उपरीक्षक कवित कटवालले जानकारी दिए।

घटनापछि गाँजा ओसारपसारमा लाग्ने व्यक्तिको खोजी भइरहेको उनले बताए।

प्रकाशित: २५ मंसिर २०८२ १६:२६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast