पछिल्लो २४ घण्टामा आगलागीका २२ घटना, दुई जनाको मृत्यु

हिमाल प्रेस २९ मंसिर २०८२ १८:३७
16
SHARES
पछिल्लो २४ घण्टामा आगलागीका २२ घटना, दुई जनाको मृत्यु

काठमाडौँ-  पछिल्ला २४ घण्टामा आगलागीमा परी दुई जनाको मृत्यु भएको छ।

राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार पछिल्ला २४ घण्टामा आगलागीका २२ वटा घटना भएका र ती घटनामा परी दुई जनाको मृत्यु हो। यस्तै  आगलागीसहितका विपदजन्य घटनामा नौ जना घाइते भएका छन्।

पछिल्ला दिनमा आगलागीका घटना बढ्दै गएको जनाउँदै प्राधिकरणकी प्रवक्ता शान्ति महतले आवश्यक सावधानी अपनाउन सबैमा अनुरोध गरेकी छन्।

उनका अनुसार मृत्यु हुनेमा सङ्खुवासभाको चैनपुरमा ग्यास चुहिएर आगलागी हुँदा एक जना र रामेछापको सुनापातीमा एकजना रहेका छन्। ती घटनामा तीन करोड १४ लाखको आर्थिक क्षति भएको जनाइएको छ।

पछिल्ला विपदजन्य घटनामा आगलागीका मात्रै २२ वटा घटना भएको छ। गएको एक महिनामै आगलागीमा परी आठ जनाको मृत्यु भइसकेको छ।

प्रकाशित: २९ मंसिर २०८२ १८:३७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast