ग्रीसमा १८ आप्रवासी मृत फेला,अनुसन्धान सुरु

हिमाल प्रेस २१ मंसिर २०८२ १५:५०
14
SHARES
ग्रीसमा १८ आप्रवासी मृत फेला,अनुसन्धान सुरु

एथेन्स- ग्रीसको दक्षिणी तट नजिक क्रेट टापु वरिपरि एक डुंगामा १८ आप्रवासी मृत भेटिएका छन् भने दुई जना उद्धार भएका छन्। ग्रीसको सार्वजनिक प्रसारक ईआरटीका अनुसार डुंगा इरापेट्रा सहरदेखि करिब (४८ किलोमिटर) दक्षिणमा फेला परेको थियो।

मृतक १८ जनाको शव डुंगाभित्रै भेटिएको छ। प्रारम्भिक जानकारी अनुसार लामो समयसम्म खराब मौसममा डुंगामा खुला रहँदा, खाना नपाउँदा र चिसोको असरले उनीहरूको मृत्यु भएको हुन सक्ने बताइएको छ।

उद्धार भएका दुई व्यक्ति अधिकारीहरूलाई बताएअनुसार खराब मौसमका कारण उनीहरू घण्टौँसम्म सुरक्षित स्थान नपाई संघर्ष गर्दै थिए।

ग्रीस तटरक्षकका अनुसार मृतक डुंगा फेला पर्नुअघि एक दिनभन्दा बढी समयदेखि मृतावस्थामा थिए। उक्त घटनाबारे ग्रीसका अधिकारीहरूले अनुसन्धान सुरु गरेका छन्। रासस

प्रकाशित: २१ मंसिर २०८२ १५:५०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast