पञ्जाबी पपनाइटका लागि नेपाल आए मिक्ससिंह

हिमाल प्रेस ११ पुष २०८२ २०:१६
10
SHARES
पञ्जाबी पपनाइटका लागि नेपाल आए मिक्ससिंह

काठमाडौँ- नयाँ वर्ष सन् २०२६ को अवसरमा नेपालमा पहिलो पटक ‘फेक न्यू इयर तथा पञ्जाबी पपनाइट विथ मिक्ससिंह जस’को आयोजना हुने भएको छ। यो कार्यक्रमको लागि ‘सुनियान सुनियान’ गीतका चर्चित पञ्जावी गायक मिक्ससिंह जस बिहीबार नेपाल आइपुगेका हुन्।

उपत्यकामा आयोजित पत्रकार सम्मेलनमा मिक्ससिंह जसले नेपालमा दर्शक झुमाउन उत्साहित रहेको बताए। शनिबार साँझ ठमेलस्थित क्लब नोभामा करिब चार घण्टासम्म उनले दर्शक झुमाउने छन्। त्यहाँ पञ्जाबी भांगडा डान्ससहित १० ओटा प्रस्तुति रहने जानकारी दिइएको छ।

पञ्जाबी पप नाइटको आयोजना स्किलमाण्डु नेपालले गरेको छ। यो कार्यक्रमका लागि जनरल दर्शकलाई एक हजारको टिकट राखिए पनि भीआईपी २ हजार र ग्रुपका लागि ५ हजार टिकट दर तय गरिएको छ। गायक मिक्ससिंह जसले नेपाली खाना र पर्यटन प्रवर्द्धनका लागि आफ्नो भम्रण विशेष हुने पत्रकार सम्मेलनमा जानकारी दिएका थिए।

‘आफ्नो सुपरहिट गीत ‘सुनियान सुनियान’मा करिब ३० प्रतिशत नेपाली फ्यानको प्रतिक्रिया आएकाले पनि मलाई नेपाल आउने इच्छा बढाएको थियो,’ उनले भने , ‘म अबको तीन दिन नेपाल बसाइँमा पशुपतिनाथ दर्शन, काठमाडौँका पुरातात्विक सम्पदा र सगरमाथा बेस क्याम्प घुम्ने योजना छ। हेरौँ यहाँको मौसमले साथ दिन्छ कि दिन्न।’

यस्तै आफूले थुप्रै नेपाली गीत पनि सुन्ने गरेकाले नेपाली संगीतप्रति समेत झुकाव बढेको उनले बताए। आफ्नो आगामी गीतको नेपालमा छायांकन गर्ने देखि ट्युनिङ मिलेको खण्डमा नेपाली संगीतकार तथा गायक/गायिकासँग सहकार्यको इच्छा समेत व्यक्त गरेका थिए। त्यति मात्रै नभई आफूले नेपालको पयर्टन प्रवर्द्धनमा समेत सघाउन तयार रहेकाले त्यसमा लागि संगीत सबैभन्दा उत्तम माध्यम रहेको उनको बुझाइ छ।

प्रकाशित: ११ पुष २०८२ २०:१६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 + 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast