मधेश प्रदेश सरकार गठनविरूद्ध सर्वोच्चमा रिट

हिमाल प्रेस २४ कार्तिक २०८२ १७:३५ | Monday, November 10, 2025
16
SHARES
मधेश प्रदेश सरकार गठनविरूद्ध सर्वोच्चमा रिट

काठमाडौँ- मधेश प्रदेश सरकार गठनविरूद्ध सवोच्च अदालतमा रिट दायर भएको छ। प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले संविधानको धारा १६८ (३) बमोजिम मुख्यमन्त्री नियुक्त गरेपछि सर्वोच्चमा रिट दायर भएको हो।

अधिवक्ता रक्कीप्रसाद साह र सुजित यादवले सरकार गठन प्रक्रियाविरूद्ध रिट दायर गरेका हुन्।

रिटमा प्रदेश प्रमुखको कार्यालय, मुख्यमन्त्रीको कार्यालय र मधेश प्रदेशसभालाई विपक्षी बनाइएको छ। रिटमाथि सुनुवाइका लागि मंगलबार पेसी तोकिएको छ।

प्रदेश प्रमुख भण्डारीले सोमबार बिहान ४ बजे बर्दिवासको एक होटलमा नेकपा एमाले प्रदेश संसदीय दलका नेता सरोज यादवलाई मुख्यमन्त्री नियुक्त गरेकी थिइन्।

प्रदेशसभाको सबै भन्दा ठूलो दलको संसदीय दलको नेता यादवलाई उनले संविधानको धारा १६८ (३) अनुसार मुख्यमन्त्री नियुक्त गरेकी हुन्।

प्रकाशित: २४ कार्तिक २०८२ १७:३५ | Monday, November 10, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 − 6 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast