विश्व क्रिकेट लिग २ : अमेरिकासँग भिड्दै नेपाल

हिमाल प्रेस १५ कार्तिक २०८२ ७:५६
6
SHARES
विश्व क्रिकेट लिग २ : अमेरिकासँग भिड्दै नेपाल

काठमाडौँ- आईसीसी विश्व क्रिकेट लिग २ अन्तर्गत यूएईमा जारी एकदिवशीय शृंखलाको आफ्नो तेस्रो खेलमा नेपालले आज अमेरिकासँग खेल्दैछ।

दुबईस्थित आईसीसी एकेडेमीमा हुने खेल नेपाली समय अनुसार बिहान सवा ११ बजेदेखि सुरु हुनेछ।

जारी शृंखलामा नेपालले हालसम्म खेलेका दुवै खेल हारेको छ। पहिलो खेलमा नेपालले अमेरिकासँग १०६ रनको लज्जास्पद हार बेहोरेको थियो।

त्यस्तै दोस्रो खेलमा बिहीबार यूएईसँग ५ विकेटले पराजित भएको थियो। नेपाललाई अब बाँकी दुवै खेल जित्नुपर्ने दबाब छ। अमेरिकाले भने नेपाल र यूएई दुवैलाई हराइसकेको छ र लिग २ मा दबदबा कायमै राखेको छ ।

लिग २ को तालिकामा हाल अमेरिका २२ खेलमा ३२ अंक जोडेर शीर्ष स्थानमा छ भने नेपाल १८ खेलमा १२ अंक जोडेर सातौं स्थानमा छ।

प्रकाशित: १५ कार्तिक २०८२ ७:५६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast