‘जेनजी आन्दोलनमा भएको आगजनी नियन्त्रण गर्न अत्याधुनिक दमकल परिचालन गरेका थियौँ’

हिमाल प्रेस ३० कार्तिक २०८२ १४:१७ | Sunday, November 16, 2025
10
SHARES
‘जेनजी आन्दोलनमा भएको आगजनी नियन्त्रण गर्न अत्याधुनिक दमकल परिचालन गरेका थियौँ’

काठमाडौँ- ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले जेनजी आन्दोलनका क्रममा भएको आगजनीलाई नियन्त्रणमा लिन ललितपुर महानगरको दमकल सेवाले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको बताएका छन्।

आइतबार ललितपुरमा महानगरको सेवा प्रवाहबारे तयार पारिएको ‘नगरवासीको सेवामा महानगर प्रहरी’ नामक श्रव्य–दृश्य सामग्री प्रदर्शनी कार्यक्रममा महर्जनले जेनजी आन्दोलनका क्रममा भएको आगजनीलाई नियन्त्रणमा लिन ७९ पटक अत्याधुनिक दमकल परिचालन गरेको जानकारी दिए।

उनले आन्दोलनका क्रममा भएको आगलागी नियन्त्रणमा ललितपुरको दमकलले गरेको सेवाको राष्ट्रिय र अन्तर्राष्ट्रियरूपमा समेत चर्चा भइरहेको जिकिर गरे।

प्रमुख महर्जनले अहिले महानगरसंग फर्मसहितको अत्याधुनिक दमकल रहेको जानकारी दिए। उनले विपद्को समयमा ललितपुरमा मात्रै सीमित नगरी अन्य जिल्लाहरुमा समेत दमकल परिचालन गरिएको बताए।

कार्यक्रममा महालक्ष्मी नगरपालिकाका प्रमुख हरि गोविन्द श्रेष्ठले बिपद्का समयमा नजिकका नगरसंग सहकार्य गर्दै अघि बढ्न जरुरी भएको बताए। आवश्यक परेको खण्डमा एउटा नगरको नगर प्रहरीलाई अर्को नगरमा परिचालन गर्नुपर्ने उनको भनाइ छ।

प्रकाशित: ३० कार्तिक २०८२ १४:१७ | Sunday, November 16, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven − ten =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast