उपेन्द्र यादवले गरे जसपा नेपाल छोडेकालाई फर्किन आह्वान

हिमाल प्रेस २२ कार्तिक २०८२ ६:५७
6
SHARES
उपेन्द्र यादवले गरे जसपा नेपाल छोडेकालाई फर्किन आह्वान फाइल तस्बिर

काठमाडौँ- जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले विगतमा पार्टी परित्याग गरेका सम्पूर्ण नेता एवं कार्यकर्तालाई जसपा नेपालमा फर्किन आह्वान गरेका छन्।

अध्यक्ष यादवको अध्यक्षतामा बसेको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै उनले विभिन्न कारण र कालखण्डमा पार्टी छाडेका नेता कार्यकर्तालाई संकोच अप्ठ्यारो नमानी आफ्नो पुरानै घरमा फर्किन आह्वान गरेका हुन्।

आफ्नो पार्टी छोडेर विभिन्न पार्टीमा गएका नेता तथा कार्यकर्तालाई ढोका खुला रहेको उनीहरूको क्षमता, दक्षता, भूमिका र योग्यताअनुसार पार्टीमा उचित स्थान र जिम्मेवारी दिइने अध्यक्ष यादवको भनाइ छ।

मुलुकमा विकसित परिदृश्यलाई मध्यनजर गर्दै पार्टीलाई थप संगठित, समावेशी र बृहत् बनाउने उद्देश्यले पार्टी छाडेकालाई पुरानै घर फर्काउने अभियान जसपा नेपालले प्राथमिकताका साथ सञ्चालन गर्ने जसपाले निर्णय गरेको छ। अध्यक्ष यादवले भने, ‘यो पार्टी स्थापनाकालदेखि विगतमा जे जस्तो कारणले असन्तुष्ट भएर पार्टी छाडे पनि उहाँहरू सबैलाई जसपा नेपालमा स्वागत छ, आफ्नो पुरानै घरमा फर्किन आह्वान गर्दछु’, यादवले भने, ‘जसपा नेपाल हामी सबैको साझा संगठन भएकाले जुनै कारणले पार्टी परित्याग गरे पनि पुनः फर्किन कसैले दुःख, धक, संकोच वा अप्ठ्यारो मान्नु पर्दैन।’

प्रकाशित: २२ कार्तिक २०८२ ६:५७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − 9 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast