त्रिविले भन्यो- एनपीएलमा सवारीसाधन पार्किङ शुल्क लिएका छैनौँ

हिमाल प्रेस ४ मंसिर २०८२ १९:१४ | Thursday, November 20, 2025
16
SHARES
त्रिविले भन्यो- एनपीएलमा सवारीसाधन पार्किङ शुल्क लिएका छैनौँ

काठमाडौँ- त्रिभुवन विश्वविद्यालयले कीर्तिपुर क्रिकेट रंगशालामा जारी नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट खेल हेर्न आउने दर्शकले प्रयोग गरेका सवारीसाधनबाट पार्किङ शुल्क उठाउन कसैसँग सम्झौता नगरेको स्पष्ट पारेको छ।

रंगशाला आसपासको जग्गामा पार्किङबापत लिइएको शुल्कका सम्बन्धमा ध्यानाकर्षण भएको जनाउँदै यस्तो स्पष्टीकरण दिएको हो। त्रिवि सूचना तथा जनसम्पर्क महाशाखाले बिहीबार एक सूचना जारी गर्दै यस सम्बन्धमा कुनै पनि व्यक्ति, संघ वा संस्थासँग सम्झौता नगरेको र अनुमतिसमेत नदिएको स्पष्ट पारेको छ।

सूचनामा उल्लेख छ, ‘सशुल्क पार्किङका सम्बन्धमा त्रिविद्वारा कुनै पनि व्यक्ति, संघ, संस्थाहरुसँग कुनै सम्झौता नगरेको र अनुमतिसमेत नदिएको व्यहोरा सम्बन्धित सबैलाई जानकारी गराइन्छ।’

प्रकाशित: ४ मंसिर २०८२ १९:१४ | Thursday, November 20, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine − 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast