काठमाडौँ- कात्तिकको पाँचौ अर्थात् अन्तिम शनिबार। सधैँझैँ केही समय यता हामीले साताको प्रत्येक शनिबार उपत्यकामा हुने र भइरहेका मनोरञ्जनात्मक गतिविधिहरूको विवरण संकलन गरेका छौँ। जो उपत्यकामै हुनुहुन्छ, उहाँहरूको लागि बिदाको दिन सदुपयोग गर्दै केही सिक्ने र बुझ्ने मौका मिल्न सक्छ।
समग्रमा, यो साता थिएटरमा दुई नाटक मञ्चन भइरहेको छ। हलमा नेपाली, हिन्दी र अंग्रेजी फिल्म प्रदर्शन भइरहेका छन्।
हेरौं, यो साता कहाँ के के हुँदैछ
कान्तिपुर थिएटरमा ‘महारानीको जात्रा’
गैरीधारा नक्सालस्थित कान्तिपुर थिएटरमा कात्तिक २४ देखि नाटक ‘महारानीको जात्रा’ मञ्चन भइरहेको छ। कान्तिपुर फिल्म एकेडेमीको प्रोडक्सनमा बनेको नाटकका परिकल्पनाकार तथा निर्देशक दिपल बराल हुन्। मंसिर २० सम्म मञ्चन हुने नाटकका निर्माता रमेश पुरी हुन्। नाटक बुधबार बाहेक साताको प्रत्येक दिन साँझ ५ बजे मञ्चन हुनेछ।
नाटकमा कलाकार उषा रजक, राज न्यौपाने, सुहाना आचार्य, निकिता आचार्य, दिपेश गजुरेल, विकल्प ओली, ज्योति लामा, समीर शर्मा, विशाल कार्की, गोविन पौडेल, श्रीधर गौतम, प्रयास खत्री, विमल यादव, मनोज तामाङ, बिरान दहनी, स्वेता चौलागाईं र कुशल बास्कोटाले अभिनय गरेका छन्। यी सबै कलाकार कान्तिपुर फिल्म एकेडेमी र थिएटरका विद्यार्थी तथा सदस्य हुन्।
मण्डलामा ‘मिलारेपा’
थापागाउँस्थित मण्डला थिएटरमा कात्तिक १८ देखि नाटक ‘मिलारेपा’ मञ्चन भइरहेको छ। नाटक तिब्बती बौद्ध धर्मगुरू मिलारेपाको जीवनकथामा आधारित छ।
नाटकमा मिलारेपाको बाल्यकालदेखि तपस्या गरेर ज्ञान प्राप्तिसम्मको यात्रा प्रस्तुत गरिएको छ। मिलारेपाको भूमिकामा रूपेश लामाले अभिनय गरेका छन्। चाङ् ङ्योन हेरूकले लेखेको नाटकको नेपाली नाट्य रूपान्तरण रविन तामाङले गरेका हुन्। बुद्धि तामाङ र उमेश तामाङ संयुक्त निर्देशनमा मञ्चन भएको हो।
नाटक आगामी मंसिर २१ सम्म मञ्चन हुनेछ। नाटकमा अन्य कलाकार रमिला मोक्तान, विकाश लामा, सानु मार्यों तामाङ, रस्मिला तामाङ, रिया लामा विजय तामाङ ब्लोन, बल बहादुर राई, मिलन कार्की, मणिकुलुङ राई, रोहनी लामा, पुस्कर कार्की, विश्व स्याङ्बो, सविता थिङ, सुनिता तामाङ दोङ, सुदिप खतिवडा, विजय टुवा, रत्न मंगगल, टसी लामा, अजय लामा, पवन कुमार गोले र सविता तामाङको अभिनय छ। नाटक सोमबारबाहेक हरेक साँझ ५ः ३० बजे र शनिबार अतिरिक्त शो दिउँसो १ बजे मञ्चन हुनेछ।
हलमा कुनकुन फिल्म?
जारी २
उपेन्द्र सुब्बाको निर्देशनमा बनेको फिल्म ‘जारी २’ कात्तिक २१ देखि हलमा प्रदर्शन भइरहेको छ। फिल्ममा १० वर्षे द्वन्द्वले एक परिवारमा पारेको असरलाई सांस्कृतिक र भावनात्मक ढंगले प्रस्तुत गरिएको छ।
फिल्ममा दयाहाङ राई, मिरुना मगर, विजय बराल, बुद्धि तामाङ, ऋचा शर्मा, पुष्कर गुरुङ, प्रेम सुब्बा, कमलमणि नेपाल, अनिल सुब्बा, रेखा लिम्बू र सिर्जना निङ्लेखुलगायत कलाकारको अभिनय छ।
क्युएफएक्स सिनेमाअन्तर्गत शनिबार उपत्यकाको राइजिङ मल, भाटभटेनी भक्तपुर, सिटी स्क्वायर मल, छाया सेन्टर, लबिम मल, दरबार सिनेम्याक्स र सिभिल मलमा फिल्मको २३ सो छ। वान सिनेमाज अन्तर्गत आइप्लेक्स मल र कालीमाटी ट्रेड सेन्टर, आइएनआई सिनेमा अन्तर्गत लोत्से मल, विश्वज्योति मल र एनबी सेन्टर, एफक्युब सिनेमाज, बिग मुभिज, कीर्तिपुर सिनेप्लेक्स, रञ्जना सिनेप्लेक्स, बिएसआर मुभिज फिल्म ‘जारी २’ चलिरहेको अन्य हल हुन्।
मन बिनाको धन
टंक बुढाथोकी निर्देशित फिल्म ‘मन बिनाको धन’ पनि कात्तिक २१ देखि नै हलमा प्रदर्शन भइरहेको छ। फिल्म बाल गायक अशोक दर्जीको वास्तविक जीवनमा आधारित कथामा आधारित छ। बालगायक दर्जीको संघर्ष, सफलतामार्फत शिक्षामूलक सन्देश प्रस्तुत गरिएको छ। गायक दर्जीसँगै फिल्ममा कलाकार रमा थपलिया, सरोज खनाल, नीता ढुंगाना, रमेश विश्वकर्मा, भोला सापकोटा, बुद्धि तामाङ, रवीन्द्र झा, उत्सव सापकोटा, एआर बुढाथोकी र बिना राउतको अभिनय गरेका छन्।।
शनिबार क्युएफएक्स सिनेमाअन्तर्गत उपत्यकाको लबिम मल, सिभिल मल, र भाटभटेनी भक्तपुरमा फिल्मको १० सो छ। वान सिनेमाज अन्तर्गत आइप्लेक्स मल र कालीमाटी ट्रेड सेन्टर, आइएनआई सिनेमा अन्तर्गत लोत्से मल, विश्वज्योति मल र एनबी सेन्टर, एफक्युब सिनेमाज, बिग मुभिज, रञ्जना सिनेप्लेक्स, कीर्तिपुर सिनेप्लेक्स, बिएसआर मुभिजमा फिल्म ‘मन बिनाको धन’ चलिरहेको छ।
परान
दीपकप्रसाद आचार्य ‘काकु’को निर्देशनमा बनेको फिल्म ‘परान’ यही कात्तिक १४ देखि हलमा प्रदर्शन भइरहेको छ। फिल्मको मुख्य भूमिकामा छन् नीर शाह। पारिवारिक कथामा बनेको फिल्मले सन्तानकै काखमा प्राण त्याग्न चाहाने बाआमाको कथा भनेको छ। फिल्ममा सहायक कलाकारमा बुद्धि तामाङ, महेश त्रिपाठी, पूजा चन्द, केकी अधिकारी, अञ्जना बराइली, प्रविण खतिवडा, बाल कलाकार आर्यदीप आचार्यको अभिनय छ।
क्युएफएक्स सिनेमाअन्तर्गत शनिबार उपत्यकाको राइजिङ मल, सिटी स्क्वायर मल, दरबार सिनेम्याक्स, लबिम मल, सिभिल मल, छाया सेन्टर र भाटभटेनी भक्तपुरमा फिल्मको ३९ सो छ। वान सिनेमाज अन्तर्गत आइप्लेक्स मल र कालीमाटी ट्रेड सेन्टर, आइएनआई सिनेमा अन्तर्गत लोत्से मल, विश्वज्योति मल र एनबी सेन्टर, बिग मुभिज, एफक्युब सिनेमाज, रञ्जना सिनेप्लेक्स, बिएसआर मुभिज, कीर्तिपुर सिनेप्लेक्स फिल्म ‘परान’ चलिरहेको अन्य हल हुन्।
जेरी अन टप
असोज ३१ देखि हलमा नेपाली फिल्म ‘जेरी अन टप’ प्रदर्शन भइरहेको छ। फिल्ममा प्रेम कथासहित हिमाल आरोहण गर्नेको कथा समेटिएको छ। फिल्ममा अनमोल केसी, जसिता गुरुङ र आँचल शर्मा मुख्य भूमिकामा छन्। फिल्मका निर्देशक सुयोग गुरुङ हुन्।
क्युएफएक्स सिनेमाअन्तर्गत शनिबार उपत्यकाको भाटभटेनी भक्तपुर, सिभिल मल, लबिम मलमा फिल्मको तीन सो छ।
वान सिनेमाज अन्तर्गत आइप्लेक्स मल र कालीमाटी ट्रेड सेन्टर, बिग मुभिज, एफक्युब सिनेमाज, रञ्जना सिनेप्लेक्स, कीर्तिपुर सिनेप्लेक्समा फिल्म ‘जेरी अन टप’ चलिरहेको छ।
धागो
फिल्म ‘धागो’ कात्तिक २८ देखि हलमा प्रदर्शन भइरहेको छ। फिल्मको मुख्य भूमिकामा छिन् अभिनेत्री सुरक्षा पन्त।
उदिप राणा थापाको निर्देशनमा बनेको फिल्ममा नेपाल र भारतको सीमावर्ती क्षेत्रमा बसोबास गर्ने नेपालीको भावनात्मक जीवन, आर्थिक चुनौती र सामाजिक यथार्थको कथा प्रस्तुत गरिएको छ।अभिनेत्री सुरक्षाका साथै फिल्ममा प्रभात थापा, सुरभि थापा, बुद्धि तामाङ, सुनिल थापालगायत कलाकारको पनि अभिनय छ। शनिबार उपत्यकाको रञ्जना सिनेप्लेक्समा फिल्मको एक सो छ।
द रनिङ म्यान
हलिउड फिल्म ‘द रनिङ म्यान’ कात्तिक २८ देखि नेपाली हलमा प्रदर्शन भइरहेको छ। फिल्म डिस्टोपियन, एक्सन, थ्रीलर जनरामा बनेको छ। फिल्ममा ग्लेन पावेल, वलियम एच मेसी, ली पेस, माइकल सेरालगायत कलाकारको अभिनय छ। फिल्मका निर्देशक एडगर राइट हुन्।
क्युएफएक्स सिनेमाअन्तर्गत शनिबार उपत्यकाको राइजिङ मल, छाया सेन्टर, दरबार सिनेम्याक्स, सिभिल मल र लबिम मलमा फिल्मको सो छ। आइएनआई सिनेमा अन्तर्गत एनबी सेन्टर, वान सिनेमाज अन्तर्गत आइप्लेक्स मल र कालीमाटी ट्रेड सेन्टर, बिग मुभिजमा फिल्म ‘द रनिङ म्यान’ चलिरहेको छ।
प्रेड्याटोर ब्याडल्यान्डस
अंग्रेजी फिल्म ‘प्रेड्याटोर ब्याडल्यान्डस’ नेपालमा प्रदर्शन भइरहेको छ। एक्सन, एडभेञ्चर रथ्रिलर जनरामा बनेको फिल्मका निर्देशक डान ट्रानटेनवर्ग हुन्। फिल्ममा एले प्यानिङ, डिमिट्रियस सुस्टरङ कोलोआमाटांगीलगायत कलाकारको अभिनय छ।
क्युएफएक्स सिनेमाअन्तर्गत शनिबार उपत्यकाको लबिम मल, सिभिल मल, सिटी स्क्वायर मल र रञ्जना सिनेप्लेक्समा फिल्मको एक/एक सो छ।
एक दिवानाकी दिवानीया
बलिउड फिल्म ‘एक दिवानेकी एक दिवानीया’ नेपालमा प्रदर्शन भइरहेको छ। रोमान्टिक जनरामा बनेको फिल्मका निर्देशक मिलाप जावेरी हुन्। फिल्ममा हर्षवर्धन राणे, सोनम बाजवालगायत कलाकारको अभिनय छ।
क्युएफएक्स सिनेमाअन्तर्गत शनिबार उपत्यकाको राइजिङ मलमा फिल्मको एक सो छ।



