एकल चुनाव चिह्नमा चुनाव लड्ने तीन दलको सहमति

हिमाल प्रेस ७ मंसिर २०८२ १९:३२ | Sunday, November 23, 2025
86
SHARES
एकल चुनाव चिह्नमा चुनाव लड्ने तीन दलको सहमति

काठमाडौँ- तीन दलले एक चुनाव चिह्नमा चुनाव लड्ने सहमति गरेका छन्।

अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा), रेशम चौधरी नेतृत्वको नागरिक उन्मुक्ति पार्टी नेपाल र राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी नेपालबीच एकल चुनाव चिह्नमा चुनाव लड्ने सहमति भएको हो।

सिनामंगलस्थित नागरिक उन्मुक्ति पार्टी नेपालको कार्यालयमा आइतबार बसेको तीन दलका नेताहरूको बैठकले एक चुनाव चिह्नका साथ फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा भाग लिने निर्णय गरेको हो।

राष्ट्रि मुक्ति पार्टीका महासचिव केशव झाले तीनै दलबीच एकल चुनावका साथ प्रतिनिधिसभा सदस्य निर्वाचनमा भाग लिने सहमति भएको जानकारी दिए। हाल नागरिक उन्मुक्ति पार्टी नेपालको कायम रहेको जाँतो (चकिया) चुनाव चिन्ह प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रयोग गर्ने सहमति भएको उनले बताए।

विचार मिल्ने अन्य पार्टीहरूलाई पनि एकल चुनाव चिह्नमा आउन तीनवटै दलका नेताहरूले आह्वान गरेका छन्।

प्रकाशित: ७ मंसिर २०८२ १९:३२ | Sunday, November 23, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine + 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast