यी हुन् सर्वाधिक कर तिर्ने संस्था र व्यक्ति

हिमाल प्रेस १ मंसिर २०८२ १२:३७ | Monday, November 17, 2025
8
SHARES
यी हुन् सर्वाधिक कर तिर्ने संस्था र व्यक्ति

काठमाडौँ- राजबहादुर शाह २०८१/८२ आर्थिक वर्षका लागि देशका सर्वाधिक व्यक्तिगत आयकर तिर्ने करदाताका रूपमा उदाएका छन्। राष्ट्रिय कर दिवसका अवसरमा सोमबार काठमाडौँमा आयोजित समारोहमा शाहलाई अर्थमन्त्री रामेश्वरप्रसाद खनालले सम्मान गरेका हुन्।

सरकारी संस्थामध्ये नेपाल दूरसञ्चार प्राधिकरण सबैभन्दा धेरै कर तिर्ने संस्थाका रूपमा रहेको छ। एकल स्वामित्वतर्फ थर्ड आइ इन्टरनेसनलले शीर्ष करदाताको सम्मान पाएको छ।

वस्तु निर्यातको श्रेणीमा डाबर नेपाल प्रालि अगाडि रह्यो। सूचना प्रविधि सम्बन्धी सेवाको निर्यातमा भेरिस्क नेपाल प्रालि उत्कृष्ट करदाताका रूपमा चयन भएको छ। कृषि क्षेत्रमा पोषण ब्रिडर फार्म प्रालिले सर्वाधिक कर तिरेको आन्तरिक राजस्व विभागले जनाएको छ। बैंक तथा वित्तीय संस्थामध्ये नेपाल इन्भेस्टमेन्ट मेगा बैंक शीर्षस्थ करदातामा परेको छ। स्वास्थ्य तथा शैक्षिक संस्थातर्फ नोबेल मेडिकल कलेज एन्ड टिचिङ अस्पताललाई अग्रणी करदाताका रूपमा सम्मान गरिएको छ।

पर्यटन क्षेत्रमा सोाल्टी होटल लिमिटेडले सबैभन्दा बढी कर तिरेबापत सम्मान पायो। वस्तु व्यापार व्यवसायमार्फत आयकर तिर्ने श्रेणीमा भाटभटेनी सुपर स्टोर शीर्षस्थ रहेको छ। वार्षिक ५०/१०० अर्ब रुपैयाँ कारोबार गर्ने कम्पनीमध्ये सीडीएस एन्ड क्लियरिङ लिमिटेडलाई सम्मान गरिएको छ।

ऊर्जा क्षेत्रमा भोटेकोशी पावर कम्पनी लिमिटेड सर्वाधिक कर तिर्ने कम्पनी ठहरिएको छ भने रेमिट्यान्ससम्बन्धी श्रेणीमा आईएमई लिमिटेड शीर्ष करदातामा परेको छ। मूल्य अभिवृद्धि कर तिर्ने संस्थाका रूपमा नेपाल टेलिकमलाई सम्मान गरिएको छ। विशेष उद्योग क्षेत्रकामध्ये युनिलिभर नेपाल लिमिटेड उत्कृष्ट करदाताका रूपमा सम्मानित भयो।

यसका अतिरिक्त बागलुङ कर कार्यालय वर्षको उत्कृष्ट कर कार्यालय घोषित गरियो।

प्रकाशित: १ मंसिर २०८२ १२:३७ | Monday, November 17, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast