कुलमानविरुद्ध हितेन्द्रले पेस गरेको रिट न्यायाधीश नृपध्वजको इजलासमा

हिमाल प्रेस १८ कार्तिक २०८२ १२:०७
8
SHARES
कुलमानविरुद्ध हितेन्द्रले पेस गरेको रिट न्यायाधीश नृपध्वजको इजलासमा

काठमाडौँ- नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाइएका हितेन्द्रदेव शाक्यको रिट सर्वोच्च अदालतका न्यायाधीश नृपध्वज निरौलाको इजलासमा परेको छ । सोमबार दायर गरिएको रिट निरौलाको इजलासको तेस्रो नम्बरमा परेको छ ।

दोस्रो मुद्दा स्थगित भएकाले पहिलोको सुनुवाइ सकिएलगत्तै उनको रिटमा सुनुवाइको पालो आउनेछ । सुशीला कार्की नेतृत्वको सरकारले शाक्यलाई तोकिएको अवधि पूरा नहुँदै कार्यकारी निर्देशकबाट हटाएको थियो । यसविरुद्ध उनी अदालत गएका हुन् ।

यसअघि, ०७८ सालमा देउवा सरकारले शाक्यलाई कार्यकारी निर्देशकबाट हटाएको थियो।शाक्यले दुई–दुईपटक पदबाट हटाएर आफूमाथि अन्याय भइरहेको बताउँदै आएका छन्।

प्रकाशित: १८ कार्तिक २०८२ १२:०७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − 13 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast