पाँच दिन निरन्तर बढेर ओरालो लाग्यो सेयर बजार

हिमाल प्रेस १४ मंसिर २०८२ १६:३४ | Sunday, November 30, 2025
12
SHARES
पाँच दिन निरन्तर बढेर ओरालो लाग्यो सेयर बजार

काठमाडौँ- साताको पहिलो दिन नेप्से परिसूचक ओरालो लागेको छ। निरन्तर पाँच दिनसम्म बढेको नेप्से परिसूचक आइतबार घटेको हो। नेप्से परिसूचक साताको पहिलो कारोबार दिन २६.५१ अंकले घटेर २,६४९.५२ अंकमा बन्द भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ।

आइतबार नेप्से सकारात्मक संकेतसहित खुलेको थियो। थालनीमा केही वृद्धि पनि देखाएको थियो। तर केहीबेरमै बजारको गति सुस्त हुँदै नकारात्मक बनेको हो। अन्ततः सूचकांक ०.९९ प्रतिशतले घट्दै आइतबारको कारोबार समाप्त भयो।

विश्लेषकहरूका अनुसार अघिल्ला दिनको लामो वृद्धिपछि लगानीकर्ताहरूले नाफा सुरक्षित गर्न थालेका कारण बजार ओरालो लागेको हो।

आइतबार २११ कम्पनीका सेयर मूल्य घटेका छन्। यसैगरी ४५ कम्पनीका मात्र बढेको नेप्सेले जनाएको छ। एउटा कम्पनीको स्थिर रह्यो। कुल कारोबार रकम अघिल्लो सत्रभन्दा बढ्दै ७.०८ अर्ब रुपैयाँ पुगेको छ। आइतबार ८४ हजार १५६ कारोबारमार्फत एक करोड ५७ लाख ३० हजार कित्ता सेयर किनबेच भएका छन्र

हिमालयन रिइन्सुरेन्स लिमिटेडले २३ करोड ५५ लाख रुपैयाँ बराबरको कारोबार गर्दै सबैभन्दा धेरै कारोबार भएको कम्पनी बन्यो। जोशी हाइड्रोपावर डेभलपमेन्ट लिमिटेड र ग्रिन भेन्चर्स लिमिटेड क्रमशः २१ करोड ८१ लाख ६० हजार र २१ करोड ३५ लाख ७० हजार रुपैयाँको कारोबारसहित दोस्रो र तेस्रो स्थानमा रहेका छन्।

उद्योग समूहतर्फ म्यानुफ्याक्चरिङ (०.७३ प्रतिशत) र म्युचुअल फन्ड (०.०४ प्रतिशत) बाहेक सबै समूह राताम्मे बन्द भए। सबैभन्दा ठूलो गिरावट इन्भेस्टमेन्ट उप–सूचकमा देखिएको छ। जसमा १.४८ प्रतिशत गिरावट आयो। हाइड्रोपावर र माइक्रोफाइनान्स उप–सूचकहरू पनि क्रमशः १.३१ प्रतिशत र १.३ प्रतिशले कारोबार घटेका छन्।

प्रकाशित: १४ मंसिर २०८२ १६:३४ | Sunday, November 30, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 − four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast