भ्रष्टाचारी बचाउने प्रधानमन्त्री हेलिकप्टर चढेर बालुवाटारबाट भाग्नुपर्‍यो : प्रचण्ड

हिमाल प्रेस १३ मंसिर २०८२ १७:३६ | Saturday, November 29, 2025
28
SHARES
भ्रष्टाचारी बचाउने प्रधानमन्त्री हेलिकप्टर चढेर बालुवाटारबाट भाग्नुपर्‍यो : प्रचण्ड नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’/फाइल तस्बिर

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाली जनताको आत्मनिर्णयको अधिकारमाथि चुनौति दिने विदेशीतत्वसँग लड्न कम्युनिस्ट एकता गरिएको बताएका छन्।

शनिबार दाङको देउखुरीमा आयोजित एकता सन्देशसभालाई सम्बोधन गर्दै प्रचण्डले जनतालाई साथमा लिएर प्रतिक्रियावादी हस्तक्षेपकारी विदेशीतत्वसँग लड्न कम्युनिस्ट एकता गरिएको बताएका हुन्।

उनले जनताको भावना बुझेर साथमा नलिएरसम्म दुईतिहाइले पनि केही गर्न नसक्ने जेनजी आन्दोलनमा स्पष्ट भएको जिकिर गरे।

प्रचण्डले दुईतिहाइको दम्भमा अघिल्लो सरकारले भ्रष्टचारीलाई बचाउने काम गरेकाले प्रधानमन्त्री बालुवाटारबाट हेलिकप्टर चढेर भाग्नुपरेको बताए। जनताले लखेटे पनि केही नेतामा अझै पनि अहंकार र दम्भ नहटेको उनको भनाइ छ। उनले आफूहबाट भएका गल्तीकमजोरीको समिक्षा गर्दै नेकपा एकता भएको भन्दै अब जेनजीको मुद्दालाई अघि बढाउने बताए।

त्यस्तै नेपाली कम्युनिस्ट पार्टीका सह–संयोजक माधव कुमार नेपालले राम्रा कुराको निरन्तरता र कमीकमजोरीलाई सुधार गर्ने संकल्पका साथ नेकपा गठन गरिएको बताए। जनताको जीवनलाई सुखी बनाउने र समानता कायम गर्न पार्टीले ध्यान दिने उनले बताए।

उनले युवाहरुले अघि सारेका विषयलाई समेत आत्मसात गर्दै देशले चाहेको समाजवाद स्थापित गरेरै छाड्ने उल्लेख गरे।

प्रकाशित: १३ मंसिर २०८२ १७:३६ | Saturday, November 29, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast