हिंस्रक गतिविधि गरेर आन्दोलन गर्ने अभ्यास गलत हो : ओली

हिमाल प्रेस २० कार्तिक २०८२ १८:४० | Thursday, November 6, 2025
12
SHARES
हिंस्रक गतिविधि गरेर आन्दोलन गर्ने अभ्यास गलत हो : ओली

काठमाडौँ- नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मानवीय मूल्य र नेपाली समाजलाई भताभुंग पार्न खोजिएको अवस्थाबाट मुलुकलाई अगाडि बढाउनुपर्नेमा जोड दिएका छन्।

भक्तपुरको गुण्डुस्थित आफ्नो निवासमा भेला भएका विभिन्न नेता कार्यकर्तालाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री ओलीले सर्वश्रेष्ठ र सुन्दर गन्तव्यका रुपमा ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय गन्तव्य बोकेर आफूहरू अघि बढेकामा त्यसलाई रोक्न खोज्ने तत्वहरु हावी भएको आरोप लगाए।

असन्तुष्टिलाई सम्मानपूर्वक राख्ने नेपाली परम्परा विपरीत अशिष्ट र अमर्यादित एवं हिंस्रक रूपमा गतिविधि गरेर आन्दोलन गर्ने अभ्यास गलत भएको उनको भनाइ थियो।

अध्यक्ष ओलीले सर्वाेच्च अदालतको अन्तरिम आदेश विपरीत राजदूतहरुलाई परराष्ट्र मन्त्रालयमा हाजिर हुन बोलाइनु अदालतको अपमान भएको बताए। सो अवसरमा उनले रेशम लामाद्वारा लिखित गीतिसङ्ग्रह विमोचन गरे। गीतमा जेबी घिमिरे र प्रतिमा अर्यालको स्वर रहेको छ।

प्रकाशित: २० कार्तिक २०८२ १८:४० | Thursday, November 6, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast