लुम्बिनी प्रदेशसभामा जेनजी आन्दोलनको विषय प्रवेश

हिमाल प्रेस ८ मंसिर २०८२ १७:४५ | Monday, November 24, 2025
14
SHARES
लुम्बिनी प्रदेशसभामा जेनजी आन्दोलनको विषय प्रवेश फाइल तस्बिर

लुम्बिनी- लुम्बिनी प्रदेशसभाका सदस्यहरूले जेनजी आन्दोलनको विषय उठान गरेका छन्। प्रदेशसभामा आजदेखि सुरु भएको हिउँदे अधिवेशनको बैठकमा उनीहरूले गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलन र यसको उद्देश्यबारे प्रश्न उठाए।

नेकपा एमालेका प्रमुख सचेतक तुलसीप्रसाद चौधरीले जेनजी आन्दोलनको उद्देश्य के हो भन्ने विषयमा स्पष्ट नभएको टिप्पणी गर्दै आन्दोलनबाट नेपाली जनताले के पाए भनि प्रश्न गरे।

नेपाली कांग्रेसकी प्रमुख सचेत जमुना ढकालले संयमता र जिम्मेवार कार्यशैलीको अभावका कारण जेनजी आन्दोलनमा तोडफोड र आगजनी भएको बताइन्। उनले अझै पनि सडकमा त्रासको वातावरण रहेको भन्दै शान्तिपूर्ण वातावरण बनाउन सबैलाई आग्रह गरिन्।

तत्कालीन नेकपा माओवादी केन्द्रका प्रमुख सचेत इन्द्रजित थारुले परिस्थितिको गम्भीर आत्मसमीक्षा आवश्यक भएको बताए। प्रदेशसभा सदस्य अम्बिका काफ्ले, भण्डारीलाल अहिर, हेमा बेल्वासे, चन्द्रकेश गुप्ता, जानकीप्रसाद यादवलगायत सांसदहरूले पनि धारणा राखे।

प्रकाशित: ८ मंसिर २०८२ १७:४५ | Monday, November 24, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast