अग्नीसाईर कृष्णासवरनका शिक्षक‍-कर्मचारीले आन्दोलनपछि पाए तलबभत्ता

हिमाल प्रेस ४ मंसिर २०८२ ११:०४ | Thursday, November 20, 2025
70
SHARES
अग्नीसाईर कृष्णासवरनका शिक्षक‍-कर्मचारीले आन्दोलनपछि पाए तलबभत्ता

काठमाडौँ- सप्तरीको अग्नीसाईर कृष्णासवरन गाउँपालिकाका शिक्षक, कर्मचारी, स्वास्थ्यकर्मीले तीन महिनाको दसैँभत्तासहित तीन महिनाको तलब एकमुष्ट पाएका छन्।

गाउँपालिकामा राजनीतिक द्वन्द्वका कारण तलबभत्ता रोकिएपछि शिक्षक कर्मचारीले असोज ९ गतेदेखि झन्डौ डेढ महिना आन्दोलन गरेका थिए।

रामजानकी प्राथमिक विद्यालय तेङ्गरी बडवरियाका शिक्षक तथा आन्दोलन परिचालन समिति संयोजक दुखन यादवले गाउँपालिकाले केही दिनअघि तीन महिनाको तलब शिक्षक, कर्मचारी, स्वास्थ्यकर्मीको खातामा पठाएको बिहीबार हिमालप्रेसलाई जानकारी दिए।

उनले भने, ‘दसैँभत्तासहित गाउँपालिकाले तीन महिनाको तलब दिएको छ। यससँगै हाम्रो आन्दोलन पनि सकिएको छ।’ उनका अनुसार गाउँपालिकामा आन्तरिक राजनीतिक द्वन्द्व पनि अन्त्य भएको छ।

अग्नीसाईर कृष्णासवरनमा राजनीतिक द्वन्द्वले शिक्षक‍-कर्मचारी तलबबाट वञ्चित, दुई महिनादेखि आन्दोलित

प्रकाशित: ४ मंसिर २०८२ ११:०४ | Thursday, November 20, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen + 8 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast