काठमाडौँ- गायक समिर श्रेष्ठ अब फिल्म खेल्ने भएका छन्। उनले फिल्म ‘रमिताको पिरती’ बाट अभिनयमा डेब्यु गर्न लागेका हुन्। उनका ‘थामन हात’, ‘जे छौ तिमी’, ‘हेर न’, ‘मेरो मनमा’लगायत थुप्रै गीत चर्चित छ।
फिल्मकाे टिजर पनि सार्वजनिक भएको छ। सार्वजनिक टिजरमा एक युवतीको प्रेम, खुशी, दुःखदेखि हृदयवेदनासम्मका विभिन्न भावनात्मक अवस्थाहरूमा देखाइएको छ। उक्त पात्रको भूमिकामा छिन् अभिनेत्री आना शर्मा।
सुदीप्ताको निर्देशनमा बनेको फिल्ममा आनासँगै धीरज मगर, समिर श्रेष्ठ र विनय श्रेष्ठ मुख्य भूमिकामा देखिनेछन्। फिल्मका निर्माता सागर लम्साल हुन्। सेरो फिल्मस्को प्रस्तुतिमा बनेको फिल्म आगामी माघ २३ मा प्रदर्शन गर्ने टिमको तयारी छ।
प्रकाशित: १४ मंसिर २०८२ १५:०९ | Sunday, November 30, 2025
प्रतिक्रिया





