त्रिभुवन विश्वविद्यालयको ३५० रोपनी क्षेत्रमा श्रमदान, शैक्षिक वातावरणमैत्री पार्क बनाइँदै

हिमाल प्रेस २६ कार्तिक २०८२ १०:१७ | Wednesday, November 12, 2025
20
SHARES
त्रिभुवन विश्वविद्यालयको ३५० रोपनी क्षेत्रमा श्रमदान, शैक्षिक वातावरणमैत्री पार्क बनाइँदै

काठमाडौँ- शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले स्थानीय बासिन्दा र विश्वविद्यालयका विद्यार्थीहरूलाई श्रमदानमा सहभागी हुन आह्वान गरेका छन्। त्रिभुवन विश्वविद्यालय कीर्तिपुर परिसरभित्र करिब ३५० रोपनी क्षेत्रफलमा फैलिएको जंगलभित्रको झाडी श्रमदानमार्फत फडानी गरिएको छ।

मन्त्री पुनको पहलमा सञ्चालन गरिएको २५ दिन लामो श्रमदान अभियानमा विभिन्न जिल्ला तथा स्थानीय समुदायका श्रमदाताहरूले सक्रिय सहभागिता जनाएका थिए। उनका अनुसार अब सो क्षेत्रलाई व्यवस्थित गरी सुन्दर पार्कका रूपमा विकास गर्ने तयारी भइरहेको छ।

‘हाम्रो श्रमले देश सुन्दर र उपयोगी बन्न सक्छ,’ मन्त्री पुनले भने,‘शैक्षिक संस्थाभित्रै वातावरणीय सन्तुलन र सौन्दर्य थप्ने यो प्रयास उदाहरणीय बन्न सक्छ।’ उक्त पार्क निर्माणपछि विश्वविद्यालयका विद्यार्थी र स्थानीय बासिन्दाले विश्राम, अध्ययन र सामाजिक क्रियाकलापका लागि उपयोग गर्न सक्ने बताइएको छ।

प्रकाशित: २६ कार्तिक २०८२ १०:१७ | Wednesday, November 12, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 + seven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast