‘पीआर’ को जापान प्रदर्शन अधिकार बिक्री

हिमाल प्रेस २५ कार्तिक २०८२ ११:३९ | Tuesday, November 11, 2025
40
SHARES
‘पीआर’ को जापान प्रदर्शन अधिकार बिक्री

काठमाडौँ- फिल्म ‘पीआर’ जापानमा पनि प्रदर्शन हुने भएको छ। निर्माण टिमले जापानमा आफ्नो प्रदर्शन अधिकार बिक्री गरेको छ। जापानमा फिल्म वितरण गर्दै आएको युना डिजिटलले सो अधिकार खरिद गरेको हो।

फिल्मका निर्देशक शोभित बस्नेतले जापानमा फिल्म ‘सोल्ड आउट’ भइसकेको जानकारी दिएका छन्। उनले भने, ‘अहिले जापानका लागि यो फिल्म राम्रो रकममा बिक्री गरिसकेका छौँ। अन्य देशका फिल्म वितरकहरूसँग पनि छलफल भइरहेको छ र केही दिनमै थप जानकारी दिनेछौँ।’

निर्माण पक्षले जापानमा अधिकार बिक्रीसँगै अन्य देशका नेपाली दर्शकमाझ पनि ‘पीआर’को प्रतीक्षा बढेको जनाएको छ। यसअघि फिल्मको अष्ट्रेलियाका विभिन्न सहरमा विशेष शो गरिएको थियो

फिल्म आगामी मंसिर २६ देखि प्रदर्शन हुँदैछ। निर्देशक बस्नेतका अनुसार, ‘पीआर’ प्रेम, संघर्ष र आप्रवासनसँग जोडिएको भावनात्मक कथामा आधारित छ। फिल्ममा विदेशमा रहेका छोराछोरीको जीवन र नेपालमा रहेका अभिभावकले उनीहरूप्रति गरेको अपेक्षालाई कथाको केन्द्र बनाइएको उनले बताए।

फिल्ममा नीर शाह, गौरी मल्ल, आर.ए. सुरज पौडेल, विनिता कार्की, राजन कुँवर, पूजा चौधरी, आश्मा अधिकारी, मस्तानी, बिमला खत्री, गणेश बुढाथोकी, म्याक्स बाबू , कृष्ण थापा, र नवीन घायललगायतका कलाकारको अभिनय छ। विशेष भूमिकामा रविन्द्र खड्का, उत्तम के.सी., र दिक्पाल कार्की देखिने छन्।

रञ्जित साह र सन्तोष तिवारी प्रस्तुतकर्ता रहेको फिल्मका निर्माता लक्ष्मण सापकोटा र प्रदीप दाहाल हुन्। गणेश बुढाथोकीले लेखन तथा बन्दे प्रसादले सम्पादन गरेका फिल्मको छायांकन सौरभ सायमी र सौरभ लामाले गरेका छन्। ।

प्रकाशित: २५ कार्तिक २०८२ ११:३९ | Tuesday, November 11, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 + 12 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast