प्रधानमन्त्रीसँग राप्रपाको माग : राजासहितको बैठक

हिमाल प्रेस १३ मंसिर २०८२ २०:२१ | Saturday, November 29, 2025
16
SHARES
प्रधानमन्त्रीसँग राप्रपाको माग : राजासहितको बैठक तस्बिर : प्रधानमन्त्रीको सचिवालय

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले राजा र राजनीतिक दलसहितको सम्मेलन गर्न माग गरेको छ। शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री सुशीला कार्कीलाई भेटेर राप्रपाका नेताहरूले यस्तो माग गरेका हुन्।

चुनावले मात्र समस्या समाधान नहुने भन्दै राप्रपाले राजासहितको सम्मेलन आह्वान गर्न प्रधानमन्त्री कार्कीसँग माग गरेको हो।

‘चुनावमात्रै समस्याको समाधान होइन, राजा, राजनीतिक दल, जेनजीलगायतका सरोकारवाला पक्षको एउटा बैठक बसाएर देशलाई दीर्घकालीन निकास दिनुपर्छ भनेर प्रधानमन्त्रीसँग भनेका छौँ,’ छलफलपछि राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले भने।

देशको समस्या समाधान गर्नेगरी कार्यक्रमहरू अगाडि बढाउन आफूहरूले प्रधानमन्त्री कार्कीलाई ध्यानाकर्षण गराएको उनले बताए।

लिङ्देनले भने,‘वर्तमान सरकार चुनाव गराउनमात्र आएको होइन। देशको समस्या समाधान गर्नेगरी कार्यक्रमहरू अगाडि बढाओस्, केवल निर्वाचन गरेर समस्यालाई पर धकेल्ने काम नहोस्, हामीले भनेका छौँ।’

प्रधानमन्त्री कार्कीसँगको भेटमा राप्रपाका नेताहरूले आउने चुनावमा विदेशमा बस्ने नेपालीहरूलाई मतदानको सुनिश्चितता गर्न माग गरेका छन्।

जेनजी आन्दोलनका सहिद परिवारको मागलाई सम्बोधन गर्न माग राख्दै उनीहरूले जेनजी प्रदर्शनमा सहभागी भएकै कारण नियन्त्रणमा लिएर कारबाही गर्ने काम रोक्नुपर्ने बताएका थिए।

प्रकाशित: १३ मंसिर २०८२ २०:२१ | Saturday, November 29, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve + 15 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast