काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय विभागमा जिम्मेवारी फेरबदल गरिएको छ। आज (आइतबार) भएको सचिवालय बैठकले जिम्मेवारी फेरबदल गरेको हो।
रविकिरण अधिकारीलाई अनुसन्धान तथा अभिलेखीकरण विभाग प्रमुख तोकिएको छ। सुलभ खरेललाई कानुन, न्याय तथा मानवअधिकार विभागको उपप्रमुख, अर्जुन अधिकारीलाई प्रवास नेपाली सम्पर्क विभाग उपप्रमुख, बोधनारायण श्रेष्ठलाई केन्द्रीय संगठन विभाग उपप्रमुख, ज्ञानेन्द्र महतालाई विज्ञान, सञ्चार तथा सूचना प्रविधि विभाग सचिवको जिम्मेवारी दिइएको छ।
त्यस्तै रामप्रसाद भट्टराईलाई केन्द्रीय प्रशिक्षण विभाग सदस्य, डा। कृष्णमान शाक्यलाई केन्द्रीय प्रशिक्षण विभाग सदस्य, तोयानारायण पौडेललाई केन्द्रीय शिक्षा विभाग सदस्य, पार्थीवेन्द्र उपाध्यायलाई शिक्षा विभाग सदस्य, ज्ञानु पौडेललाई महिला विभाग सदस्य, मनिराम घिमिरेलाई केन्द्रीय शिक्षा विभाग सदस्य, कल्पना पाण्डेलाई महिला विभाग सदस्य र प्रमिलाकुमारी सिंहलाई नीति विचार विभाग सदस्यको जिम्मेवारी तोकिएको हो।




