काठमाडौँ- नेकपा एमालेका पोलिट्ब्युरो सदस्य महेश बस्नेत सवार गाडीमा रातो रङ प्रहार भएको छ।
विराटनगर विमानस्थलबाट सुनसुरीतर्फ जाँदै गरेको गाडीमा रंग छ्यापिएको हो। विमानस्थलबाहिर कुदिरहेको गाडीमा युवकले रङ प्रहार गरेका थिए। रंग छ्याप्ने दुईजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। प्रहरीले भने बस्नेतलाई केही नभएको बताएको छ।
प्रकाशित: ७ मंसिर २०८२ ११:४४ | Sunday, November 23, 2025
प्रतिक्रिया





