‘कंगाल करोडपति’ नामक फिल्म बनाउँदै राजु श्रेष्ठ

हिमाल प्रेस २१ कार्तिक २०८२ १४:०९
14
SHARES
‘कंगाल करोडपति’ नामक फिल्म बनाउँदै राजु श्रेष्ठ

काठमाडौ- राजु श्रेष्ठको निर्देशनमा फिल्म ‘कंगाल करोडपति’ बन्ने भएको छ। यो उनको डेब्यु निर्देशकीय फिल्म हो। उपत्यकामा कार्यक्रम गर्दै फिल्मको औपचारिक घोषणा गरिएको छ।

फिल्म सिनेमा पाठशालाको ब्यानरमा बन्न लागेको हो। फिल्मको कथा, पटकथा र संवाद सुमन गजमेरले लेखेका हुन्। निर्माण टिमका अनुसार फिल्ममा एउटा सामान्य मान्छे करोडपति र करोडपति कंगाल बन्दाको अवस्था समेटिनेछ।

फिल्ममा उमर खान र पदम लोहोर मुख्य भूमिकामा देखिनेछन्। अन्य कलाकार छनोटको क्रममा रहेको निर्देशक श्रेष्ठले बताए।

फिल्म आगामी फागुनदेखि छायांकन गर्ने टिमको तयारी छ। फिल्ममा कैफ खानले लगानी गर्नेछन्।

प्रकाशित: २१ कार्तिक २०८२ १४:०९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one + 16 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast