जेनजी आन्दोलनमा कारागारबाट भागेका कैदीले मोटरसाइकल चोरी गरेर बिक्री गरे, प्रहरी अनुसन्धानमा पक्राउ

हिमाल प्रेस १४ मंसिर २०८२ ६:१२ | Sunday, November 30, 2025
10
SHARES
जेनजी आन्दोलनमा कारागारबाट भागेका कैदीले मोटरसाइकल चोरी गरेर बिक्री गरे, प्रहरी अनुसन्धानमा पक्राउ प्रतिनिधिमूलक तस्बिर।

काठमाडौँ- जेनजी आन्दोलनका क्रममा केन्द्रीय कारागार सुन्धाराबाट भागेका एक कैदीले चोरी गरी बिक्री गरेको मोटरसाइकलसहित शनिबार एक जना पक्राउ परेका छन्।

हेटौँडा उपमहानगरपालिका-१५ भोर्ले निवासी २६ वर्षीय राजेश खातीले चोरी गरी बिक्री गरेको बा४०प ४२९५ नम्बरको मोटरसाइकलसहित सोही ठाउँका २१ वर्षीय अभिषेक वाइवालाई पक्राउ परेका हुन्।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले हेटौँडा उपमहानगरपालिका-७ हरियालीस्थित सडकखण्डमा प्रहरी टोलीले जाँच गर्ने क्रममा वाइवालाई पक्राउ गरिएको बताए।

मोटरसाइकलका कागजपत्र नपाइएपछि थप अनुसन्धान गर्दा खातीले चोरी गरेर बिक्री गरेको खुल्न आएको उनले जानकारी दिए।

खाती गत भदौ २३ र २४ गते भएको जेनजी प्रदर्शनका क्रममा केन्द्रीय कारागार कार्यालय सुन्धारा काठमाडौँबाट फरार भएका थिए। केही दिनअघि प्रहरीले उनलाई पुनः पक्राउ गरी कारागार पठाएको जनाएको छ।

प्रकाशित: १४ मंसिर २०८२ ६:१२ | Sunday, November 30, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 − one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast