९ प्रकारका औषधी उत्पादनको तयारी

हिमाल प्रेस २ मंसिर २०८२ १४:०९ | Tuesday, November 18, 2025
12
SHARES
९ प्रकारका औषधी उत्पादनको तयारी

काठमाडौँ- नेपाल औषधी लिमिटेडले ९ प्रकारका औषधी उत्पादनको तयारी गरेको छ। लिमिटेडले ती औषधीको तीन महिनाको परीक्षण पूरा गरी ६ महिनाको परीक्षण सकाउने तयारीमा छ।

लिमिटेडले जुका, मधुमेह, उच्चरक्तचाप, कोलस्टरोल, आइरन चक्की, फोलिक एसिड, एजिथ्रोमाइसिनलगायत नौ प्रकारका औषधीको उत्पादनको तयारी गरेको हो।

लिमिटेडका महाप्रबन्धक कैलाशकुमार पनेरुले ती औषधीको परीक्षण सकेर अर्को महिनादेखि उत्पादनका लागि औषधी व्यवस्थापन विभागबाट अनुमतिपत्र लिएर उत्पादन सुरु गर्ने जानकारी दिए।

यसअघि लिमिटेडले ११ प्रकारका औषधी उत्पादन गर्दै आइरहेका छ।

प्रकाशित: २ मंसिर २०८२ १४:०९ | Tuesday, November 18, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast