‘पशुपति क्षेत्र विकास कोषलाई राजनीतिक भर्ती केन्द्र बनाउन हुँदैन’

हिमाल प्रेस २४ कार्तिक २०८२ १७:३१ | Monday, November 10, 2025
‘पशुपति क्षेत्र विकास कोषलाई राजनीतिक भर्ती केन्द्र बनाउन हुँदैन’

काठमाडौँ- प्रधानमन्त्री सुशीला कार्कीले पशुपति क्षेत्र विकास कोषलाई राजनीतिक भर्ती केन्द्र बनाउन नहुने धारणा राखेकी छन्।

कोषको आज (सोमबार) बसेको सञ्चालक परिषद् बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री कार्की धार्मिक संस्थामा धार्मिक व्यक्ति नै आवश्यक पर्ने भएकाले राजनीतिक कार्यकर्ता भर्ती गर्न नहुने बताएका हुन्।

कोषको सम्पूर्ण काम कारबाहीको सञ्चालन तथा रेखदेख गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीको अध्यक्षतामा पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद् रहने कानुनी व्यवस्था छ।

 ‘धार्मिक संस्थाका आफ्नै नियम र मूल्यहरू हुन्छन्। परम्परागत मान्यता र रितिथितिहरु हुन्छन्। ती हाम्रा मौलिक संस्कृति हुन्। यी मूल्य मान्यताको जगेर्ना गर्नुपर्छ,’ प्रधानमन्त्री कार्कीले भनिन्, ‘पशुपतिनाथ संसारभरिका हिन्दूको आस्था जोडिएको ठाउँ हो। यस्तो संस्थामा आफ्ना पार्टीका कार्यकर्ता भर्ती गर्नु र राजनीतिको छायाँमा राख्न खोज्नु गलत हो।’

उनले पशुपतिमा राजनीतिको छायाँ पर्न दिन नहुन बताइन्। ‘दलीय कार्यकर्ताको भर्ती केन्द्र बनाउनुहुँदैन। यहाँ काम गर्ने व्यक्ति धार्मिक नै हुनुपर्छ। धार्मिक संस्थामा बसेर राजनीतिको आस्था बढाउनुपर्दैन। यहाँ धार्मिक आस्था बढाउने कार्य नै गर्नुपर्छ,’ उनले भनिन्।

प्रकाशित: २४ कार्तिक २०८२ १७:३१ | Monday, November 10, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast