नेकपामा अन्य वामपन्थी र देशभक्तहरू अटाउन सक्छन् : प्रचण्ड

हिमाल प्रेस १२ मंसिर २०८२ १९:२३ | Friday, November 28, 2025
12
SHARES
नेकपामा अन्य वामपन्थी र देशभक्तहरू अटाउन सक्छन् : प्रचण्ड नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’

सुदूरपश्चिम- नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रमा उत्पन्न संकट समाधानका लागि वामपन्थी र गैरवामपन्थी शक्तिलाई एउटै मोर्चामा ल्याउन जरुरी रहेको बताए।

विभिन्न कम्युनिष्ट घटकहरु मिलेर गठन गरिएको नेपाली कम्युनिष्ट पार्टी (नेकपा) को आज  (शुक्रबार) धनगढीबाट सुरु गरिएको पार्टी एकता सन्देश सभामा पूर्वप्रधानमन्त्रीसमेत रहेका दाहालले नेकपा पार्टीमा अन्य वामपन्थी र देशभक्तहरु केन्द्रित भएर अटाउन सक्ने बताए।

भदौ २३ र २४ गतेको घटनापछिको परिस्थिति समाधानका लागि वामपन्थी प्रगतिशील, लोकतान्त्रिक शक्तिलाई नेपाली कम्युनिष्ट पार्टीको मोर्चामा ल्याउन पहल भइरहेको जानकारी दिए।

देशभरका क्रान्तिकारीले नेकपालाई नयाँ आशा र भरोसाका साथ हेरिरहेको उल्लेख गर्दै उनले बृहत् शक्ति निर्माणका लागि पार्टीमा ध्रुविकृत हुन सबैलाई अपिल गरे।

प्रकाशित: १२ मंसिर २०८२ १९:२३ | Friday, November 28, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − fourteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast