स्वचालित पेस्तोलसहित एक जना नियन्त्रणमा

हिमाल प्रेस ६ मंसिर २०८२ १९:५५ | Saturday, November 22, 2025
20
SHARES
स्वचालित पेस्तोलसहित एक जना नियन्त्रणमा

काठमाडौँ– सशस्त्र प्रहरी बलले रौतहटको चन्द्रपुर नगरपालिका–४ चन्द्रपुरस्थित देउराली चोकबाट दुई वटा स्वचालित पेस्तोलसहित एक जनालाई नियन्त्रणमा लिएको छ।

बाराको निजगढ नगरपालिका–६ का २२ वर्षीय सुमन आचार्यलाई पेस्तोलसहित सशस्त्र प्रहरीको इन्टेलिजेन्स ब्यूरोबाट खटिएको टोलीले नियन्त्रणमा लिएको सशस्त्रका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए।

सशस्त्र प्रहरीले उनको साथबाट इटालीमा निर्मित दुई थान पेस्तोल, सोको दुई वटा म्याग्जिन, १३ राउण्ड गोली र एक थान खुकुरी बरामद गरेको छ ।

बरामद पेस्तोल तथा अन्य सामानसहित उनलाई आवश्यक कारबाहीको लागि सम्बन्धित निकायमा बुझाइएको छ।

प्रकाशित: ६ मंसिर २०८२ १९:५५ | Saturday, November 22, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen + 14 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast