नेपाललाई दोस्रो झड्का, हर्मितको सिकार बने भुर्तेल

हिमाल प्रेस १५ कार्तिक २०८२ १२:४१
4
SHARES
नेपाललाई दोस्रो झड्का, हर्मितको सिकार बने भुर्तेल

काठमाडौँ- आईसीसी लिग २ अन्तर्गतको यूएई भ्रमणको तेस्रो खेलमा नेपालले अमेरिकाविरुद्ध दोस्रो झड्का लागेको छ। राम्रो साझेदारी बनाएर स्कोर बढाइरहेका ओपनर कुशल भुर्तेल आउट भएका छन्।

६५ बलमा दुई छक्का र दुई चौकाको मुद्दतमा भुर्तेलले ४७ रन बनाएका थिए।

१९.१ ओभरमा अमेरिकाका स्पिन बलर हर्मित सिंहले कुशल भुर्तेललाई आउट गरेका हुन्। अहिले क्रिजमा भीम सार्की र कप्तान रोहित पौडेल छन्। भुर्तेल र सार्कीबीच ८८ रनको साझेदारी तोडिएको छ।

यसअघि सुरुवातमै नेपालले पहिलो विकेटको रूपमा आसिफ सेखलाई गुमाएको थियो। सेख दोस्रो ओभरमा जम्मा २ रन बनाएर आउट भएका थिए।

प्रकाशित: १५ कार्तिक २०८२ १२:४१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast