सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

हिमाल प्रेस ४ मंसिर २०८२ ११:२७ | Thursday, November 20, 2025
20
SHARES
सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

काठमाडौँ- अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको मूल्यमा आएको उतारचढावको प्रभाव स्थानीय बजारमा पनि परेको छ। बुधबारको तुलनामा आज दुवै धातुको मूल्य बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबारको तुलनामा आज सुनको मूल्य तोलामा रु ७०० ले बढेको छ भने त्यति नै परिमाणको चाँदी रु ३५ ले बढेको छ।

आज एक तोला सुनको मोल रु दुई लाख ४३ हजार निर्धारण भएको छ। त्यसैगरी, चाँदीको मूल्य प्रतितोला रु तीन हजार १८५ कायम भएको छ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तर्राष्ट्रिय बजारमा एक औँस सुन चार हजार ७५ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

प्रकाशित: ४ मंसिर २०८२ ११:२७ | Thursday, November 20, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast