भेटायो र हिमालयन एभरेस्ट इन्स्योरेन्सबीच सहकार्य

हिमाल प्रेस १४ मंसिर २०८२ २०:१९ | Sunday, November 30, 2025
2
SHARE
भेटायो र हिमालयन एभरेस्ट इन्स्योरेन्सबीच सहकार्य

काठमाडौँ- नेपालको अग्रणी ‘होम–आधारित’ सेवा प्लेटफर्म भेटायो इंक प्रालिले आफ्नो फ्रिलान्स सेवा प्रदायकहरूको सुरक्षा सुनिश्चित गर्न हिमालयन एभरेस्ट इन्स्योरेन्स लिमिटेडसँग सहकार्य गरेको छ।

भेटायोले गैरजीवन बिमा कम्पनी हिमालयन एभरेस्टसँग सहकार्यका लागि सम्झौता गरेको हो।

सहकार्यअन्तर्गत भेटायोले आफ्नो एपमार्फत सेवा प्रदान गर्ने सबै पेशेवर सेवा प्रदायकहरूका लागि दुर्घटना बिमा सुविधा लागू गर्ने भएको छ। कम्पनीले जनाएअनुसार यो सम्झौतासँग दैनिक रुपमा ग्राहकका घरमा सेवा दिन जाने प्रदायकहरूलाई अतिरिक्त सुरक्षाको अनुभव दिलाउनेछ।

भेटायोका सहसंस्थापक रोचनमान महर्जनले सेवा प्रदायकलाई प्राथमिकतामा राखेर नै प्लेटफर्म सञ्चालन गरिएको जानकारी दिएका छन्।

‘हाम्रा सेवा प्रदायकहरू हाम्रो सेवाका मेरुदण्ड हुन। दुर्घटना बिमा उपलब्ध गराएर उनीहरू सुरक्षित, आत्मविश्वासी र आफ्नो करियरप्रति जागरुक रहनु हाम्रो उद्देश्य हो,’ उनले भने।

यो पहलले भेटायोका सेवा प्रदायकहरूबीच आत्मविश्वास बढाउने मात्र नभई नेपालको सेवा उद्योगमा कामदार सुरक्षा र कल्याणलाई प्राथमिकता दिने नयाँ मापदण्ड पनि स्थापित गर्ने कम्पनीको भनाइ छ।

हाल भेटायो एपमार्फत १५ भन्दा बढी घरेलु तथा प्राविधिक सेवा प्लम्बिङ, इलेक्ट्रिकल, पेस्ट कन्ट्रोल, घरसफाइलगायतका सेवा उपलब्ध गर्न सकिने कम्पनीले जनाएको छ।

प्रकाशित: १४ मंसिर २०८२ २०:१९ | Sunday, November 30, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight + 13 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast