काठमाडौँ- प्रधानमन्त्री र सातै प्रदेशका मुख्यमन्त्रीहरूको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ। प्रधानमन्त्रीको सचिवालयले केहीबेरबाट छलफल सुरु भएको जानकारी दिएको छ।
प्रधानमन्त्री कार्कीले मुलुकमा उत्पन्न परिस्थितिमा संघ र प्रदेश सरकारबीच संवाद गर्न र सहकार्य थप सघन बनाउनका लागि बैठक आह्वान गरेको सचिवालयले बताएको छ।
बैठकमा मधेश प्रदेशका मुख्यमन्त्री जितेन्द्रप्रसाद सोनार, बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ, गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतबहादुर कार्की, कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेल, लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य र सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहको उपस्थिति छ।
प्रकाशित: १६ कार्तिक २०८२ १७:२२
प्रतिक्रिया



