रेड नोटिस जारी भएका व्यक्ति मलेसियाबाट पक्राउ

हिमाल प्रेस १ मंसिर २०८२ १७:१३ | Monday, November 17, 2025
16
SHARES
रेड नोटिस जारी भएका व्यक्ति मलेसियाबाट पक्राउ

काठमाडौँ- इन्टरपोलबाट रेड नोटिस जारी भएका एक जना मलेसियाबाट पक्राउ परेका छन्। नेपाल प्रहरीले रौतहट कटहरिया नगरपालिका–१ का आकाशप्रसाद कुशवाहालाई पक्राउ गरेको हो।

एनसीबी क्वालालम्पुरको समन्वयमा पक्राउ परेका उनलाई नियन्त्रणमा लिएर नेपाल ल्याइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

ठगी तथा संगठित अपराध मुद्दामा संलग्न रही फरार रहेका उनलाई अन्तर्राष्ट्रियस्तरमा खोजतलास एवं पक्राउ गर्न नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग इन्टरपोल शाखाको अनुरोधमा इन्टरपोल महासचिवालयबाट २०८० मंसिर २१ रेड नोटिस जारी भएको थियो।

कुशवाहालाई आवश्यक अनुसन्धान एवं कारबाहीका लागि इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुर रौतहटलाई जिम्मा लगाइएको नेपाल प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखाले जनाएको छ।

प्रकाशित: १ मंसिर २०८२ १७:१३ | Monday, November 17, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 − 9 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast