मधेश : विपक्षी सांसदहरूले गरे प्रदेशसभाको बैठक बोलाउन माग

हिमाल प्रेस २ मंसिर २०८२ १८:४५
4
SHARES
मधेश : विपक्षी सांसदहरूले गरे प्रदेशसभाको बैठक बोलाउन माग

काठमाडौँ- मधेश प्रदेश सभाको बैठक बोलाउन माग गर्दै ३२ जना सांसदले मधेश प्रदेश सभाका उपसभामुख बबिता राउत ईशरलाई पत्र बुझाएका छन्।

सभामुख रामचन्द्र मण्डलविरुद्ध पद अनुकूल आचरण नगरेको प्रस्ताव दर्ता रहेको समयमा विपक्षी दलका प्रदेशसभा सदस्यहरूको टोलीले मंगलबार उपसभामुखलाई भेटेर प्रदेशसभाको बैठक आह्वान गर्न माग गरेका हुन्।

विपक्षी दलहरूको तर्फबाट माओवादी केन्द्र (हाल नेपाली कम्युनिष्ट पार्टी) का संसदीय दलका नेता भरत साहले प्रदेशसभा सदस्यहरूको हस्ताक्षरसहित उपसभामुख बबिता राउत समक्ष प्रदेशसभा बैठक मंसिर ३ गते बुधबार आह्वान गर्न माग गरे।

प्रदेशसभा सदस्य साहले २५ प्रतिशत प्रदेशसभा सदस्यले बैठक बोलाउन माग गरेर बैठक आह्वान गर्नुपर्ने प्रावधान रहेको र प्रदेशसभा बैठकबाटै सभामुखविरुद्धको प्रस्तावमाथि छलफल प्रक्रिया अगाडि बढाउने उद्देश्यका प्रदेशसभा बैठक आह्वान गर्न माग गरेको जानकारी दिए।

सभामुखमाथि दर्ता गरिएको प्रस्तावमाथि छलफल प्रक्रिया अगाडि बढाउनका लागि आफूहरूले प्रदेशसभा बैठक बोलाउन माग गरेको उनले बताए।

नेपाली कांग्रेस, जसपा नेपाल, जनमत पार्टी, लोसपा, नेकपा एकीकृत समाजवादी पार्टी, माओवादी केन्द्रले मधेश प्रदेश सभाको बैठक बोलाउन माग गरेका हुन्।

प्रकाशित: २ मंसिर २०८२ १८:४५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast