पत्रकार सचित राईलाई रवि महाभाराको सम्मान

हिमाल प्रेस १७ कार्तिक २०८२ १२:५२
34
SHARES
पत्रकार सचित राईलाई रवि महाभाराको सम्मान

काठमाडौँ- पत्रकार तथा लेखक सचित राई नागरिक सम्मान २०८२ बाट सम्मानित भएका छन्। रवि महाभारा समाज ललितपुरले संस्थाको वार्षिक साधारणसभाको अवसरमा शनिबार काठमाडौँमा उनीसहित समाजसेवी अमृता राईलाई सम्मान गरेको हो।

सचितले साहित्य, शिक्षा तथा सञ्चार क्षेत्रबाट समाज र राष्ट्रका लागि सेवा पु¥याएको उक्त योगदानको उच्च मूल्यांकन गरिएको सम्मानपत्रमा उल्लेख छ। इलाम माङसेबुङ गाउँपालिकाका उनका अनुसन्धानमूलक कृति ‘माङखिम’, कविता संग्रह ‘अर्को भ्रम’, अन्तर्वार्ता संग्रह ‘नयाँ नेपाल’ र गीति एल्बम ‘पूर्व जाने हो…’ प्रकाशित छन्।

सचित करिब अढाई दशकदेखि पत्रकारितामा क्रियाशील छन्। पाँचथर मिक्लाजुङ गाउँपालिकाकी अमृताले उक्त संस्थाको सल्लाहकार तथा आजीवन सदस्य रही तन, मन, धनका साथै कर्मद्वारा समाजका लागि योगदान पुर्‍याएको सम्मानपत्रमा उल्लेख छ।

समाजका सल्लाहकार चन्द्रप्रकाश थापाले सम्मानित दुवै जनालाई सम्मानपत्र प्रदान गरेका थिए। अध्यक्ष दिलेन्द्र मुकारुङ राईले माला पहि¥याइदिएका थिए।

संस्थाको सोही वार्षिक साधारणसभाले रेखा राईको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ। जसमध्ये उपाध्यक्ष हरि दाहाल, महासचिव प्रकाश खड्का, सचिव रोशन बान्तवा राई र कोषाध्यक्ष ज्योति केसी छन्।

यस्तै कविराज राई, ललिता आङ्देम्बे राई, गणेश राई, कल्पना राई, तोया भट्टराई र भीमबहादुर तामाङ सदस्य छन्। यस संस्थामा इलाम र पाँचथरको पानीढलोमा पर्ने रवि महाभारा क्षेत्रबाट काठमाडौं आई बसोबास गर्ने दुई जिल्लाका नागरिक आबद्ध छन्।

प्रकाशित: १७ कार्तिक २०८२ १२:५२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven + nine =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast