एमाले प्रवेश गरेकी झाँक्रीले भनिन् – पार्टी छोड्नुको सजाय समयले दिएको छ

हिमाल प्रेस २४ कार्तिक २०८२ १८:३८ | Monday, November 10, 2025
32
SHARES
एमाले प्रवेश गरेकी झाँक्रीले भनिन् – पार्टी छोड्नुको सजाय समयले दिएको छ

काठमाडौँ– नेकपा एकीकृत समाजवादी छाडेर एमालेमा फर्किएकी नेतृ रामकुमारी झाँक्रीले एमाले छाड्नुको सजाय आफूलाई समयले दिएको र दिने बताएकी छन्।

सोमबार एमालेको ‘घर फर्क राष्ट्रिय अभियान’ मार्फत एमालेमा फर्कँदै झाँक्रीले नेकपा एमाले नेपालको कम्युनिस्ट आन्दोलनको मात्र नभइ राष्ट्रिय राजनीतिकै मूल प्रवाह भएको समेत बताइन्।

झाँक्रीले जेनजी आन्दोलनको नाममा भएको आन्दोलन सरकार र एमाले विरुद्ध सुनियोजित षडयन्त्र भएको जिकिर गरिन्। एमालेको नर्सरीमा हुर्किएका सबै मानिसहरू आजको राष्ट्रको जिम्मेवारी पूरा गर्नका लागि एक ठाउँमा उभिनु पर्नेमा उनले जोड दिइन्।

उनँले जेनजी युवाहरूलाई एमालेमा आउन र आह्वान गरिन्। एमालेले सबैलाई पार्टी प्रवेशमा चारैतिरका ढोका खुल्ला गरेको अनुभूत गरेको उनले बताइन्। उनले माधव नेपालको पछि लागेर केही नहुने बताउँदै सबैलाई मूलप्रवाहमा फर्कन आग्रह गरिन्।

त्यस्तै नेकपा (एमाले) मा पुनः फर्किएका एकीकृत समाजवादीका नेता कृष्णकुमार श्रेष्ठ (किसान) ले पार्टीबाट विद्रोह गर्नु आफ्नो जीवनकै सबैभन्दा ठुलो गल्ती भएको बताए। नेता श्रेष्ठले पुनः एमालेको मञ्चबाट जनताको विश्वास जित्नेगरी समर्पणपूर्वक काम गर्ने प्रतिबद्धता व्यक्त गरे।

उनले देशभर आफूजस्ता धेरै कार्यकर्ता र नेताहरू पुनः एमालेमा फर्कने विश्वास पनि व्यक्त गरे।

प्रकाशित: २४ कार्तिक २०८२ १८:३८ | Monday, November 10, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast