जनार्दनद्वारा नयाँ ढंगबाट सोच्न र राष्ट्रलाई अग्रगामी निकास दिन सहकार्यको आह्वान

हिमाल प्रेस ४ मंसिर २०८२ १७:०८
20
SHARES
जनार्दनद्वारा नयाँ ढंगबाट सोच्न र राष्ट्रलाई अग्रगामी निकास दिन सहकार्यको आह्वान

काठमाडौँ- विघटित नेकपा माओवादी केन्द्रका उपमहासचिव तथा प्रगतिशील राष्ट्रिय अभियानका संरक्षक जनार्दन शर्माले देश र जनताको हितलाई सर्वोपरि मान्नेहरूलाई नयाँ ढंगबाट सोच्न र राष्ट्रलाई अग्रगामी निकास दिन सहकार्यकोनिम्ति आह्वान गरेका छन्।

तीन वर्षअघि आजकै दिन प्रतिनिधिसभा निर्वाचन भएको दिनको रूपमा स्मरण गर्दै शर्माले नेतृत्वहरूले जनप्रतिनिधिलाई सुशासन, विकास र भ्रष्टाचारविरोधी भूमिकामा परिचालन गर्न असफल भएर उल्टै भ्रष्टाचार र कुसासनलाई प्रबर्द्धन गर्ने अवस्था सिर्जना गरेको बताए। यही कारण देशभर नवयुवाहरूको (जेनजी) विद्रोहको सिर्जना भएको र अहिले पनि निरन्तर जारी रहेको उनले बताए।

शर्माले भने,‘आज मंसिर ४ गते। वि.सं.२०७९ साल मंसिर ४ गते ५ वर्षकोनिम्ति प्रतिनिधि छान्न नागरिकले मतदान गरेको तीन वर्ष पूरा भएको दिन पनि हो। त्यसबेला जनमत प्राप्त गरेका राजनीति दलका नेतृत्वहरूले जनप्रतिनिधिहरूलाई भ्रष्टाचार विरुद्ध, सुशासन र विकासको पक्षमा परिचालन नगरेको मात्र होइन, भ्रष्टाचार र कुशासनको प्रवर्द्धन गरेको कारण नवयुवा (जेनजी) विद्रोह २०८२ भयो र यो जारी नै छ।’ तर नवयुवा विद्रोहको भावना र बलिदानप्रति उपेक्षा गर्दै पुराना दलहरू फेरि जनतालाई भ्रममा पार्ने प्रयासमा लागेको उनको आरोप छ।

यस्तो छ शर्माको भनाइ

आज मंसिर ४ गते । वि.सं.२०७९ साल मंसिर ४ गते ५ वर्षको निम्ति प्रतिनिधि छान्न नागरिकले मतदान गरेकाे तीन वर्ष पूरा भएकाे दिन पनि हाे। त्यसबेला जनमत प्राप्त गरेका राजनीति दलका नेतृत्वहरुले जनप्रतिनिधिहरुलाई भ्रष्टाचार बिरुद्ध, सुशासन र बिकाशकाे पक्षमा परिचालन नगरेकाे मात्र हाेईन, भ्रष्टाचार र कुसासनकाे प्रबर्द्धन गरेको कारण नवयुवा (जेन-जी) बिद्रोह २०८२ भयाे र याे जारी नै छ। परिणामस्वरूप २०८२ फागुन २१ गते नयाँ निर्वाचन घाेषणा भएको छ। नवयूवा (जेन-जी) बिद्रोह र बलिदानकाे समेत उपेक्षा गर्दै पुनः जनता झुक्याउने प्रपञ्चमा पुराना दलहरु केन्द्रीकृत हुन थालेपछि ती दलहरुमा पहिले देखिनै सुसासन र बिकासकाे पक्षमा एवं भ्रष्टाचारकाे बिरुद्धमा संघर्ष गर्दै आएका नेताहरुले दलभित्र बिद्रोह गरेर नयाँ दल गठन गर्ने र नयाँ शक्ति एवं व्यक्तिहरुसंग सहकार्य गरेर जनभावना अनुसार राजनीतिक निकास दिने प्रयत्न गरिरहेकाे अवस्था छ। जुन जनबिद्रोह २०८२ प्रति सम्मान र देश र जनताप्रति कर्तव्य पनि हाे। देश र जनताको हितलाई सर्बोपरि मान्ने सम्पूर्ण जनसमुदायलाई नयाँ ढंगवाट साेच्न र राष्ट्रलाई अग्रगामी निकास दिन सहकार्यकाे निम्ति हार्दिक आव्हान गर्दछु।

प्रकाशित: ४ मंसिर २०८२ १७:०८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast