पशुपतिनाथ मन्दिरभित्रका फलामे बार हटाइने

हिमाल प्रेस ११ मंसिर २०८२ ६:४९ | Thursday, November 27, 2025
4
SHARES
पशुपतिनाथ मन्दिरभित्रका फलामे बार हटाइने

काठमाडौँ- विश्वसम्पदा सूचीमा सूचीकृत पशुपतिनाथ मन्दिरबाट फलामका बार हटाइने भएको छ।

पशुपतिनाथ मूल मन्दिरभित्र भक्तजनलाई लाममा राख्न सजिलो हुने भनेर राखिएको फलामको बारले सम्पदालाई असर गर्ने भएपछि हटाउने तयारी गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ।

कोषका निमित्त सदस्यसचिव सुभाषचन्द्र जोशीले मूल मन्दिरभित्र लाम व्यवस्थित गर्न राखिएको फलामलाई काठ र डोरीले प्रतिस्थापित गरिने जानकारी दिए। पुरातत्त्व विभागले पनि कोषलाई फलामका बार र फलामबाट बनाइएको आकाशे पुल हटाउन भनेको थियो।

विभागका प्रमुख पुरातत्त्व अधिकृत सन्दीप खनालले विश्वसम्पदा क्षेत्रलाई यसरी राखिएका फलामे सामग्रीले असर गर्ने भएपछि हटाउन पत्राचार गरिएको जानकारी दिए। रासस

प्रकाशित: ११ मंसिर २०८२ ६:४९ | Thursday, November 27, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten + 17 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast