भारतद्वारा सीएमएस–०३ सञ्चार उपग्रह प्रक्षेपण

हिमाल प्रेस १६ कार्तिक २०८२ २१:२८
14
SHARES
भारतद्वारा सीएमएस–०३ सञ्चार उपग्रह प्रक्षेपण

काठमाडौँ- भारतीय अन्तरिक्ष संगठन (इसरो) ले सीएमएस–०३ नामक सञ्चार उपग्रहलाई सफलतापूर्वक प्रक्षेपण गरेको छ।

यो अहिलेसम्म भारतले अन्तरिक्षमा पठाएको सबैभन्दा भारी उपग्रहहरूमध्ये एक हो। प्रक्षेपण गरिएको उपग्रहको तौल चार हजार ४ सय किलोग्राम रहेको छ।

प्रक्षेपणपछि इसरोका अध्यक्ष भी.नारायणनले भने,‘म सम्पूर्ण इसरो टोली र यस कार्यमा संलग्न सबैलाई बधाई दिन चाहन्छु। आजको मिसनले भारतका लागि अर्को गौरवपूर्ण उपलब्धिलाई थप गरेको छ।’

अध्यक्ष नारायणनका अनुसार चालु आर्थिक वर्षको अन्त्यसम्म सातवटा थप उपग्रहहरू प्रक्षेपण गरिनेछ। साथै उनले गगयनयानको पहिलो मानवविहीन मिसन पनि अब उन्नत चरणमा पुगेको उनले बताए।

इसरोका अनुसार आइतबार साँझ प्रक्षेपण गरिएको सीएमएस–०३ उपग्रह एउटा ‘मल्टिब्यान्ड’ सञ्चार उपग्रह हो।

प्रकाशित: १६ कार्तिक २०८२ २१:२८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 + one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast