तनहुँको गैह्राबारीमा चिस्यान केन्द्र सञ्चालन

हिमाल प्रेस १२ मंसिर २०८२ १२:०४ | Friday, November 28, 2025
10
SHARES
तनहुँको गैह्राबारीमा चिस्यान केन्द्र सञ्चालन

तनहुँ- व्यास नगरपालिका-११ स्थित गैह्राबारीमा रु एक करोड ९१ लाख ३२ हजार ७२२ को लागतमा चिस्यान केन्द्र निर्माण गरिएको छ।

केन्द्र सफल परीक्षणपछि सञ्चालनमा आएको छ। तीन रोपनी क्षेत्रफलमा १३० मेट्रिक टन क्षमताको केन्द्र गण्डकी प्रदेश सरकार र व्यास नगरपालिकाको संयुक्त लगानीमा निर्माण भएको हो।

किसानका उत्पादन नि:शुल्क भण्डारण गरिने तथा जोखिम नगरपालिकाले बेहोर्ने जनाइएको छ। नगरपालिकामा चिस्यान केन्द्र निर्माण भएपछि जिल्लाका किसानको वार्षिक रु पाँच करोड बचत भएको व्यास नगरका प्रमुख वैकुण्ठ न्यौपानेले भताए।

प्रकाशित: १२ मंसिर २०८२ १२:०४ | Friday, November 28, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 + eleven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast