तिहार लक्षित फिल्म ‘वरिष्ठ बलराम’, ‘सोल्टिनी’ र ‘मैझारो’ ले कति कमाए?

हिमाल प्रेस २५ कार्तिक २०८२ १६:०६ | Tuesday, November 11, 2025
30
SHARES
तिहार लक्षित फिल्म ‘वरिष्ठ बलराम’, ‘सोल्टिनी’ र ‘मैझारो’ ले कति कमाए?

काठमाडौँ- यस वर्ष तिहारमा प्रदर्शन भएका तीन फिल्मले नेपाली बक्स अफिसमा अपेक्षाअनुसारको व्यापार गर्न सकेनन्। तिहारको अवसरमा फिल्म ‘वरिष्ठ बलराम’, ‘सोल्टिनी’ र ‘मैझारो’ प्रदर्शन भएका थिए।

तीन फिल्ममध्ये ‘वरिष्ठ बलराम’ र ‘सोल्टिनी’ कात्तिक ६ गते प्रदर्शन भएको थियो। भने ‘मैझारो’ कात्तिक ७ मा प्रदर्शन भएको थियो। फिल्मको कलेक्सनबारे चलचित्र विकास बोर्डले कात्तिक २२ सम्मको विवरण सार्वजनिक गरेको छ। तीन फिल्मले कति कलेक्सन गरे त हेराैं,

‘वरिष्ठ बलराम’ ले २२ कात्तिकसम्म दुई करोड ५६ लाख ५७ लाख दुई सय २९ रुपैयाँ कमाएको छ। फिल्ममा अभिनेता दयाहाङ राई, विजय बराल, समृद्धि अर्याल, माओत्से गुरुङ, पशुपति राई, भोलाराज सापकोटा, रामबाबु रेग्मी, प्रदीपकुमार चौधरी (पीके) लगायत कलाककारको अभिनय छ। फिल्मका निर्देशन सुरेन्द्र पौडेल हुन्।

‘मैझारो’ ले एक करोड चार लाख २९ हजार २ सय ८८ रुपैया संकलन गरेको छ। हास्यकलाकार विल्सनविक्रम राईको निर्देशनमा बनेको फिल्म प्रेमसम्बन्धमा आधारित छ। फिल्ममा धीरज मगर, मिरुना मगर, दयाहाङ राई, दीया पुन, बुद्धि तामाङ, सुनील थापा, पुष्कर गुरुङ, अभयराज बराल, माओत्से गुरूङ, कविता आलेलगायत कलाकारले अभिनय गरेका छन्।

‘सोल्टिनी’ ले जम्मा २९ लाख ५ हजार नौ सय ५६ रुपैयाँ कमाएको छ। यो अन्यको तुलनामा एकदमै न्यून हो। फिल्ममा प्रकाश सपुत, परीक्षा लिम्बू, सुन्दर धिताल, सबु गुरूङ, सुजन खतिवडा, विल्सनविक्रम राई, रवीन्द्र झा, प्रकाश घिमिरे, प्रेम सुब्बा र कविता आलेको अभिनय छ। फिल्मका निर्देशक अर्जुन सुवेदी हुन्।

प्रकाशित: २५ कार्तिक २०८२ १६:०६ | Tuesday, November 11, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve + fifteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast