अनमोल केसी अभिनीत फिल्म ‘जेरी अन टप’ को आम्दानी कति पुग्यो?

हिमाल प्रेस २४ कार्तिक २०८२ १६:४४ | Monday, November 10, 2025
8
SHARES
अनमोल केसी अभिनीत फिल्म ‘जेरी अन टप’ को आम्दानी कति पुग्यो?

काठमाडौँ- गत असोज ३१ देखि प्रदर्शन भएको फिल्म ‘जेरी अन टप’ ले हालसम्म ११ करोड ७१ लाख भन्दा बढि ग्रस कलेक्सन गरेको छ।

चलचित्र विकास बोर्डले सोमबार (आज) सार्वजनिक गरेको बक्स अफिस रिपोर्टअनुसार फिल्मले कात्तिक २२ सम्म ११ करोड ७१ लाख ४१ हजार ४ सय ९८ रुपैयाँ कमाएको हो।

फिल्ममा प्रेम सम्बन्धसहित हिमाल आरोहण गर्नेको कथा समेटिएको छ। अनमोल केसी, जसिता गुरुङ र आँचल शर्मा मुख्य भूमिकामा रहेको फिल्मका निर्देशक सुयोग गुरुङ हुन्।

प्रकाशित: २४ कार्तिक २०८२ १६:४४ | Monday, November 10, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight + 15 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast