निजी क्षेत्रलाई साथमा लिएरै सरकार अघि बढ्छ : अर्थमन्त्री

हिमाल प्रेस ३० कार्तिक २०८२ १७:५४
12
SHARES
निजी क्षेत्रलाई साथमा लिएरै सरकार अघि बढ्छ : अर्थमन्त्री अर्थमन्त्री रामेश्वर खनाल। फाइल तस्बिर।

काठमाडौँ- अर्थमन्त्री रामेश्वर खनालले जेनजी आन्दोलनका क्रममा भएको तोडफोड र आगजनीबाट निजी क्षेत्रमा करिब ३६ अर्वको क्षति भएको प्रारम्भिक मूल्याङ्कन प्राप्त भएको बताएका छन्।

नेपाल चेम्बर अफ कमर्सले आइतबार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा अर्थमन्त्री खनालले जेनजी आन्दोलनका क्रममा ५५ जिल्लामा १ हजार ९ सय ५७ इकाइमा क्षति भएको र जसमध्ये निजी क्षेत्रको ४१९ संरचनामा करिब ३६ अर्बको क्षति भएको प्रारम्भिक मूल्याङ्कन प्राप्त भएको जानकारी दिएका हुन्।

निजी क्षेत्रमा भएको क्षतिमध्ये करिब २३ अर्बको बिमा दाबी भएको उनले बताए। अर्थमन्त्री खनालले सरकार र व्यवसायीबीचमा विश्वासको वातावरण बनाएर अघि बढ्ने भन्दै निजी क्षेत्रलाई नियन्त्रणमुखी प्रणाली नबनाइने प्रष्ट पारे।

उच्चस्तरीय आर्थिक सुधार आयोगको प्रतिवेदनअनुसार नै सरकारले निजी क्षेत्रलाई साथमा लिएर अघि बढ्ने उनको भनाइ छ। उनले अर्थतन्त्रलाई गतिशिलता प्रदान गर्न पुँजीबजार र घरजग्गा व्यवसायलाई चलायमान बनाउनुपर्नेमा जोड दिए। घरजग्गा व्यवसायमा देखिएको समस्यालाई पनि समाधान गर्ने प्रयासमा रहेको उनले बताए।

कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश अग्रवालले करका विषयमा एकद्वार प्रणाली लागू हुनुपर्ने, प्रविधिमैत्री कर प्रणाली बनाउनुपर्ने, सबै प्रकारका कारोवारलाई एउटै प्रकृतिमा दाज्न नहुने लगायतका सुझाव दिए। उनले राष्ट्र बैंकबाट जारी चालू पुँजी कर्जा निर्देशिकालाई खारेज गर्न माग गरे।

घरजग्गा व्यवसायमा देखिएको सुस्ततालाई अन्तय गर्न पनि आवश्यक व्यवस्था गर्न चेम्बरले सरकारलाई सुझाव दिएको छ भने व्यावसायिक वातावरणमा सुधार ल्याउन तत्काल लगानी प्रवर्द्धन नीति ल्याउनुपर्ने माग गरेको छ।

प्रकाशित: ३० कार्तिक २०८२ १७:५४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − 7 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast